Headline

सिरी आ को नयाँ सिजन सेप्टेम्बरमा

Published

on

इटालियन लिगले इटालियन सिरी आ को सन् २०२०–२१ को नयाँ सिजनको मिति सार्वजनिक गरेको छ । यसअघि सेप्टेम्बरको दोश्रो साताबाट शुरु गर्ने भनिए पनि इटालियन लिगले सेप्टेम्बर १९ तारिखको मिति तय गरेको हो ।

लिगले गत राती बिज्ञप्ति जारी गर्दै सबै क्लबहारको सल्लाहमा नयाँ मिति सार्वजनिक गरेको जनाएको छ । कोरोना भाइरसका कारण मार्च देखि जुनसम्म गरेर चार महिना रोकिएर फेरी सुचारु भएको सिरी आ को २०१९–२० को सिजन आइतबार मात्र सक्किएको हो ।

यो सिजनको उपाधि युभेन्ट्सले जितेको थियो ।

अर्को बर्ष आयोजना हुने युरो २०२० लाई मध्येनजर गर्दै सिरी आ मा क्रिशमस र नयाँ बर्षमा पनि कम बिश्राम समय दिइने भएको छ । इटालियन लिगले सन् २०२०–२१ सिजनको खेल तालिका केहि समयमा सार्वजनिक गर्ने पनि जनाएको छ ।

Click to comment

Trending