Headline

सान्चो भित्र्याउन युनाइटेडलाई अगष्ट १० सम्मको म्याद

Published

on

जर्मन क्लब बोरुसिया डर्ट्मन्डले इङ्गल्याण्ड विङर जेडोन सान्चोलाई किन्न म्यान्चेस्टर युनाइटेडलाई अगस्ट १० समको म्याद दिएको छ । सान्चो युनाइटेडका लागि यो सिजनको मुख्य ट्रन्स्फरको रुपमा हेरिएका खेलाडी हुन् ।

डर्टमण्डले २० बर्षिय सान्चोको मुल्य १ सय मिलियन पाउन्ड राखेको छ । किस्ताबन्दीमा किनिने भए पनि अहिले सम्म भने युनाइटेड र डर्टमण्डबीच खरिद मुल्यलाई लिएर कुनै सम्झौता भएको छैन ।

डर्टमण्डले सिजन सुरु हुन धेरै समय बाँकी नरहेको र खेलाडीका करण टोलीलाई असर पर्न नदिन म्याद राखिएको जनाएको छ । जर्मन बुन्डेसलिगाको नयाँ सिजन सेप्टेम्बर १८ देखी सुरु हुँदै छ भने ट्रान्स्फरको अन्तिम दिन भने अक्टोबर ५ लाई राखिएको छ ।

डर्टमण्डका लागि सान्चोले तीन सिजन खेलिसकेका छन् । म्यानचेस्टर सिटीबाट २०१७ मा १० मिलियन पाउन्डमा सान्चो जर्मनी पुगेका थिए । जुलाईमा मात्र डर्टमण्डले युनाइटेडलाई पछि पार्दै बर्मिङघम सिटीका मिडफिल्डर जुड बेल्मिङघमलाई क्लबमा भित्राउन सफल भएको थियो ।

यस्तै समर ट्रन्स्फरमा युनाइटेडको आँखामा रहेका एर्लिङ हालाण्डलाई पनि डर्टमण्डले रेड बुल साल्ज्बर्गबाट भित्र्याउन सफल भएको थियो ।

Click to comment

Trending