Headline

बिकास मल्ल राष्ट्रिय टोलीको गोलकिपिङ्ग प्रशिक्षक

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुर्व राष्ट्रिय गोलकिपर बिकास मल्ललाई राष्ट्रिय टोलीको नयाँ गोलकिपिङ्ग कोच नियुक्त गरेको छ । एन्फाको प्राविधि समितिले मङ्गलवार यो निर्णय लिएको हो ।

नेपालले घरेलु मैदानमा खेल्न गइरहेको चाइनिज ताइपेइबिरुद्ध २०२२ को बिश्वकप र २०२३ को एसिया कप छनोट अन्तर्गतको खेल उनको प्रशिक्षकको रुपमा पहिलो हुनेछ । नेपालले दशरथ रँगशालामा अष्ट्रेलिया र जोर्डनको पनि सामना गर्नेछ ।

तीन वटै खेलको मिति भने कोरोनाको संक्रमणका कारण हेरफेर हुन सक्नेछ । बिकासले यसअघिका गोलकिपिङ्ग प्रशिक्षक जापानी हिरो मित्सुमारुको स्थान लिनेछन् ।

नेपाली फुटबलकै उत्कृष्ट गोलकिपरमध्येका एक बिकासले यसअघि राष्ट्रिय टोलीका साथ–साथै त्रिभुवन आर्मी क्लबकै कप्तानी समेत गरेका थिए । उनी ८ बर्ष नेपाली टोलीको नम्बर एक गोलकिपर रहे । त्यसपछि किरण चेम्जोङले उनको स्थान लिएका थिए ।

बिकास एसियाली फुटबल महासंघ (एएफसी) लेभल वान गोलकिपिङ्ग प्रशिक्षक हुन् ।

Click to comment

Trending