Headline

फुटबलमा अब जाना–जान खोके रेड कार्ड

Published

on

फुटबल खेलाडीहरुले अब अन्य खेलाडी र म्याच अफिसियलहरु तर्फ लक्षित गर्दै खोकेमा रेड कार्ड पाउन सक्ने भएका छन् । इन्टरनेशनल फुटबल एशोसिएसन बोर्डले कोरोना भाइरस महामारीलाई मध्ये नजर गर्दै यो निर्णय लिएको हो ।

बोर्डका अनुसार यस्तो कार्य अब गाली गलौज, खेलाडीमाथि दुव्र्यवहरा र हात–पात अन्तर्गत पर्नेछ । रेफ्रिले अन्य बिषयहरुमा निर्णय गरेजस्तै यो बिषयको असली प्रकृति अनुरुप निर्णय लिनु पर्नेछ, बोर्डले लेखेको छ ।

यदि खोक्ने कार्य अन्जानमा गरिएको र खेलाडीहरुबीच लामो दुरी रहेको स्थितिमा हुने हो भने रेफ्रिले कुनै कारवाही गर्ने छैनन् । यदि निकै नजिकबाट अफेन्सिभ हुने जस्तो दुर्व्यवहार देखियो भने रेफ्रिले कार्ड देखाउन सक्नेछन्, बोर्डले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

ग्रासरुट फुटबलका लागि पनि लागु गरिएको यो नया नियम चाहै नै प्रभावकारी बनाइने भएको छ । यदि खोक्ने कार्य जघन्य देखिदैन भने रेफ्रिले एक पटक चेतावनी दिदै पहेलो कार्ड दिन सक्नेछन् । नियमित खोकाईमा भने रेफ्रिले कुनै कारवाही गर्नु नपर्ने तर कसैको बिरुद्ध लक्षित गरेरै खोकिएको हो भने कडा कदम चालिनेछ ।

प्रिमियर लिग र इङ्गलिस फुटबल लिगमा लिखित निदेर्शन नभएकाले सम्पूर्ण निर्णय रेफ्रि अनुसार नै गरिनेछ ।

Click to comment

Trending