अन्तर्राष्ट्रिय

वर्ल्डकप सुपर लिगमा पहिलो जितको खोजीमा आयरल्याण्ड

Published

on

सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट रहेको वर्ल्डकप सुपर लिगमा पहिलो जितको खोजीमा रहेको छ आयरल्याण्ड ।

सुपर लिगको पहिलो एकदिवसीय शृङ्खला अन्तर्गत घरेलु टोली इङ्ग्ल्यान्डसँगको शृङ्खला गुमाइसकेको आयरल्याण्डले अन्तिम खेलमा जित निकाल्दै पहिलो अङ्क हासिल गर्ने लक्ष्यका साथ आज मैदानमा उत्रने छ । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

तीन एकदिवसीय खेलको शृङ्खला इङ्ग्ल्यान्डले आफ्नो पोल्टामा पारी सकेको छ । आजको खेलमा भने इङ्ग्ल्यान्ड क्लिन स्विप गर्ने आशामा खेल्ने छ ।

सुपर लिग अन्तर्गतको पहिलो शृङ्खलाको पहिलो खेलका आयरल्याण्डलाई छ विकेटले पराजित गरेको इङ्ग्ल्यान्डले दोश्रो खेलमा चार विकेटको जित दर्ता गराउँदै तीन खेलको शृङ्खला २-० ले अघि रहेको छ ।

आज आयोजना हुने तेश्रो खेलमा पराजित भए पनि घरेलु टोली इङ्ग्ल्यान्डले शृङ्खला आफ्नो पक्षमा पार्नेछ ।

वर्ल्डकप सुपर लिगमा १२ टेस्ट राष्ट्र र नेदरल्याण्ड्स गरेर कुल १३ राष्ट्रको सहभागिता रहने छ ।

Click to comment

Trending