अन्तर्राष्ट्रिय

पठान र गुप्टिल लङ्का प्रिमियर लिग खेल्न इच्छुक

Published

on

भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर इरफान पठान र न्युजिल्यान्डका ब्याट्सम्यान श्रीलङ्का क्रिकेट बोर्डले आयोजना गर्न लागेको लङ्का प्रिमियर लिग खेल्ने इच्छा व्यक्त गरेका छन् ।

श्रीलङ्काको समाचार माध्यमहरूले अर्को महिना आयोजना हुने लिगमा दुई खेलाडीले खेल्न खोजेको समाचार प्रकाशित गरेका थिए । श्रीलङ्का क्रिकेट बोर्ड र दुबै खेलाडीहरूले यस विषयमा केही जानकारी नदिए पनि उनीहरूले भने यस्तो समाचार प्रकाशित गरेका हुन् ।

३३ बर्षिया गुप्टिलले ८८ ट्वान्टी ट्वान्टी अर्न्तराष्ट्रिय खेलमा दुई हजार पाँच सय ३६ रन तथा आईपीएलले १३ खेलमा दुई सय ७० रन प्रहार गरेका छन् । त्यस्तै ३५ बर्षिया पठानले एक सय ७७ ट्वान्टी ट्वान्टीमा एक हजार नौ सय ६६ रन बनाउनुको साथ साथै एक सय ७५ विकेट पनि आफ्नो नाममा दर्ता गराएका छन् ।

गत हप्ता मात्र श्रीलङ्का क्रिकेट बोर्डले पनि फ्रेन्चाइज लिग सुरु गर्ने भन्दै सबैभन्दा कान्छो ट्वान्टी ट्वान्टी लिग, लंका प्रिमिएर लिगको घोषणा गरेको थियो ।

पहिलो संस्करणको लङ्का प्रिमिएर लिग अगस्ट २८ तारिकबाट सेप्टेम्बर २० तारिख सम्म श्रीलङ्काका चार मैदानमा आयोजना हुने श्रीलङ्का बोर्डले जनाएको थियो । पहिलो संस्करणमा पाँच टोलीको मात्र सहभागिता रहने छ भने कुल २३ खेल मात्र सञ्चालन हुने जनाएको थियो ।

पाँचवटा टोलीको नाम कोलम्बो, क्यान्डी, गाले, डाम्बुल्लाजफ्फना रहेका छन् । बोर्डले जनाए अनुसार ७० जना खेलाडी र १० जना प्रशिक्षकहरूले लङ्का प्रिमिएर लिगमा खेल्नका स्वीकृति दिइसकेका छन् ।

तर सोमबार नै क्यारेबियन प्रिमिएर लिगको खेल तालिका सार्वजनिक गरेको छ भने दुबै लिगको मिति जुध्न गएकाले खेलाडीहरूले दुई मध्य एक रोज्न पर्ने भएको छ । क्यारेबियन प्रिमियर लिग अगस्ट १८ तारिखबाट सेप्टेम्बर १० तारिख सम्म सञ्चालन हुनेछ ।

 

Click to comment

Trending