Headline

ह्यामिल्टनलाई नाटकीय रुपमा ब्रिटिस ग्रा पि

Published

on

अन्तिम ल्यापमा टायर पङचर भएपनि ब्रिटिस ड्राइभर लेविस ह्यामिल्टनले फर्मुला वानको ब्रिटिस ग्रा पि जित्न सफल भएका छन् ।

मर्सिडिजका ह्यामिल्टनले अन्तिम ल्याप आधा पुरा गरिसक्दा टायर पङचर भएपनि यत्तिकै गाडी कुदाउदै रेड बुलका म्याक्स भेस्टाप्पनलाई पछि पारेका थिए । सबैभन्दा छरितो ल्याप पुरा गर्दै अतिरिक्त अंक बटुल्न नयाँ टायरका लागि आफ्नो गाडी नरोकेको भए भेस्टापनले ब्रिटिस ग्रा पि जित्ने थिए ।

तर भेस्टापन ह्यामिल्टनको माइन्ड गेम मा पछि पर्न पुगे । ह्यामिल्टनले गाडी रोक्ने ठान्दै भेस्टापनले पनि टायर बदल्न गाडी रोकेका थिए तर उनी यसमा चुके ।

ह्यामिल्टनका टिम मेट भाल्टेरी बोटासको पनि दुई ल्याप अघि पङचर भएपछि उनले ३० अंक गुमाउन पुगेका थिए । फिनिस बोटासले ११ औं स्थानमा रेस सक्काउदा उपाधि गुमाउने लगभग पक्का भएको छ । ह्यामिल्टनले किर्तिमानी सातौं पटक ब्रिटिस ग्रा पी जितेका हुन् ।

उपाधिको दौडमा ह्यामिल्टन ८८ अंक साथ अग्र स्थानमा रहेका छन् भने बोटासको ५८ र भेस्टापनको ५२ अंक रहेको छ ।

Click to comment

Trending