Headline

युभेन्टस ४० खेलमा पहिलो पटक घरमै पराजित

Published

on

इटालियन सिरी आ जितिसकेको युभेन्टस लिगको अन्तिम खेलमा एएस रोमासँग ३–१ ले स्तब्ध बन्दा मात्र दोश्रो स्थानको इन्टर मिलानसँग मात्र एक अंकको दुरीमा सिजन सक्काएको छ ।

पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोबिना टुरिनमा उत्रिएको युभेन्टस पछिल्लो ४० घरेलु खेलमा पहिलो पटक हार बेहोर्न पुगेको हो । यस्तै रोमा २०१८ अप्रिल २२ यता युभेन्टसलाई उसकै घरमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ । यसअघि नापोलीले युभेन्टसलाई टुरिनमा हराएको थियो ।

दुई खेल बाकी हुदै लगातार नवौ पटक सिरी आ को उपाधि जितेको युभेन्टस अन्तिम दुई खेलमा भने पराजित भएको हो । अर्जेन्टाइन गोन्जालो हिग्वेनले पाचौं मिनेटमै युभेन्टसलाई अग्रता दिलाए पनि निकोला कालिनिचले २३ औं मिनेटमा बराबरी गोल गरेका थिए ।

डिएगो पेरोट्टीले ४४ औं मिनेटमा पेनाल्टी र ५२ औ मिनेटमा अर्को गोल गरेपछि रोमाले सहज जित हात पारेको थियो । युभेन्टसको ८३ अंक रह्यो भने एट्लान्टालाई २–० ले हराएको इन्टरको ८२ अंक रहन पुग्यो । लाजियोसँग समान ७८ अंक रहेपनि गोल अन्तरका आधारमा एट्लान्टा तेश्रो स्थानमा रह्यो ।

७० अंकसाथ पाचौं स्थानमा रहेको रोमा युरोपा लिगमा स्थान बनाउन सफल भयो । लिगको मध्यान्तरसम्म उत्कृष्ट प्रदर्शन गर्दै युभेन्टसलाई उपाधिका लागि टक्कर दिएको लाजियो शनिबारको खेलमा नापोलीसँग ३–१ ले पराजित भयो । लकडाउनअघि युभेन्टस र लाजियोको दुरी मात्र एक अंकको रहेको थियो ।

अवे खेलमा ड्यानिएल डि एम्ब्रोसियो र एस्ली योङ्गले शुरुवाती २० मिनेट भित्रै गोल गरेपछि इन्टरले जित हात पार्यो । सन् २०१०–११ को सिजनपछि पहिलो पटक इन्टरले लिगमा दोश्रो स्थान हात पारेको हो भने २००१–०२ पछि च्याम्पियन र दोश्रो स्थानको टोली एक अंकको दुरीमा रहेका हुन् ।

स्विडिस लिजेण्ड ज्लाटन इब्राहिमोभिच ३८ बर्षको उमेरमा सिरीमा १० गोल गर्ने सबैभन्दा पाका खेलाडी बन्दा एसि मिलानले काग्लियारीलाई ३–० ले हरायो । ६६ अंक साथ छैटौं स्थानमा रहेको मिलानले अब युरोपा लिग प्लेअफ खेल्नेछ ।

Click to comment

Trending