अन्तर्राष्ट्रिय

आयरल्याण्डका क्याम्फ़रको लगातार दोश्रो अर्धशतकमा, इङ्ग्ल्यान्डलाई २१३ रनको लक्ष्य

Published

on

सुरुवाती ब्याट्सम्यानहरू सस्तैमा आउट भए पनि कर्टिस क्याम्फ़रको अर्धशतकको मद्दतमा आयरल्याण्डले घरेलु टोली इङ्ग्ल्यान्डलाई दोश्रो एकदिवसीय खेल जित्न दुई सय १३ रनको लक्ष्य दिएको छ ।

९१ रनको अवस्थामा छ विकेट गुमाएको आयरल्याण्डका तल्लोक्रमका ब्याट्सम्यानहरूले उलेख्य योगदान दिए पछि पुरै ५० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा दुई सय १२ रन बनाउन सकेको हो ।

आयरल्याण्डको लागि आठौँ नम्बरमा ब्याटिङ गर्न आएका कर्टिस क्याम्फ़रले सर्वाधिक ६८ रन बनाए । क्याम्फ़रको दोश्रो एकदिवसीय खेलमा दोश्रो शतक हो ।अघिल्लो खेलमा एकदिवसीयमा डेब्यु गरेका क्याम्फ़रले अविजित रहँदै ५९ रन प्रहार गरेका थिए । आजको खेलमा शकिब महमुदको बलमा आउट हुनु अघि उनले ८७ बलको सामना गर्दै आठ चौका प्रहार गरे ।

उनी बाहेक ओपनर पौल स्टिर्लिंङले १२, कप्तान एन्डी बल्बिर्निले १५, हेरी टेक्टरले २८, विकेट किपर लोर्कय्न टकरले २१, आठौँ नम्बरमा ब्याटिङ गर्न आएका सिमी सिंहले २५ तथा १० औं नम्बरमा ब्याटिङ गर्न आएका एन्डी म्याकब्रेनले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

इङ्ग्ल्यान्डको तर्फबाट आदिल रशिदले सर्वाधिक तीन विकेट लिए भने डेभिड विली र शकिब महमुदले पनि समान २-२ विकेट हात पारे ।

तीन खेलको शृङ्खलामा इङ्ग्ल्यान्ड १-० ले अघि रहेको छ । इङ्ग्ल्यान्डले पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड माथि छ विकेटको जित दर्ता गरेको थियो ।

Click to comment

Trending