Headline

एफए कपको उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

Published

on

एफए कपको १३९ औ संस्करणको उपाधिका लागि शनिबार दुई लण्डन क्लब आर्सनल र चेल्सी भिड्दै छन् ।

खेल नेपाली समय अनुसार राती १०ः१५ मा शुरु हुने छ । विश्वकै प्रतिष्ठित र इङ्गल्याण्डको सबै भन्दा पुरानो प्रतियोगिता मनिएको एफएकपको फाइनल खेल वेम्बली रङ्गशालामा हुने छ ।

आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीलाई सेमिफाइनलमा २–० ले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको थियो भने चेल्सीले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराउदै फाइनलको यात्रा तय गरेको हो ।

आर्सनल एफए कप सबैभन्दा सर्वाधिक टोली हो । उसले १३ पटक एफए कप जितेको छ भने चेल्सीले ९ पटक ।

दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता हुने पक्का छ भने यि दुवै टोली प्रशिक्षक पनि आफ्नो पहिलो उपाधि तिर आँखा लगाइरहेको हुने छन् ।

प्रिमियर लिगमा आर्सनल आठौं स्थानमा रहदै सिजन सक्काएको थियो भने चौथो स्थानमा समाप्त गरेको चेल्सी च्याम्पियन्स लिगमा छनोट भएको थियो । लामो समयपछि युरोपियन प्रतियोगिता गुमाउने खतरामा रहेको आर्सनलले एफए कप जितेको खण्डमा उ युरोपा लिगका लागि छनोट हुनेछ ।

दुबै टोलीका लागि सिजनको पहिलो उपाधि हुने भएको कारण यो खेल निकै रोमान्चक हुने पक्का छ ।

Click to comment

Trending