Headline

चेस ओलम्पियाडमा नेपालको उत्कृष्ट शुरुवात

Published

on

शुक्रबारदेखि शुरु भएको अनलाइन चेस ओलम्पियाडमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । नेपालले पहिलो चरणको खेलमा तानाजिया माथी ४–० को जित हात पार्यो भने दोस्रो चरणमा बहराइनमाथि पनि त्यही अन्तरको जित हात पार्यो ।

पहिलो खेलमा नेपालका फिडे मास्टर मनिष हमाल, सुजना लोहनी, निकेश कुस्था र अनिषा न्यौपानेले सफलता हात पारेका थिए । विवेक लामा र सिन्दिरा जोशी भने पराजित भए ।

त्यसैगरी दोस्रो चरणको खेलमा मानिषको ठाँउमा खेलेका रुपेश जैसवालले बहराइनी खेलाडी अल घस्रा, सुजनाले जेनब अल्फु, निकेनले मुाि अहमद, अनिषाले हलेमा हम्दीलाई पराजित गरे ।

डिभिजन ४ को ए समुहमा रहेको नेपालले तेस्रो चरणको खेलमा माल्दिभ्ससंग ३–३ को बराबरी खेले । सो खेलमा रुपेश जैसवाल, सुजना लोहनी र युवराज पौडेलले जित हात पारे भने मनिष, शान्ति धिमाल र अनिषा न्यौपाने पराजित भएका थिए ।

नेपालले शनिबार केन्या, चाइनिज ताईपेइ र थाईलाण्डसँग प्रतिस्पर्धा गर्नेछ।

Click to comment

Trending