Headline

साउदी न्युकासल किन्ने निर्णयबाट पछि हट्यो

Published

on

साउदी अरेबियाको पब्लिक इनभेस्टमेन्ट फन्ड (पिआईएफ) ले इङ्गलिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड किन्ने आफ्नो निर्णय फिर्ता लिएको छ ।

साउदीका राजकुमार मोहम्मद बिन सलमान अध्यक्ष रहेको पिआईएफले ३ सय मिलियन पाउण्डमा न्युकास किन्ने लगभग पक्का जस्तै भइसकेको थियो । तर पिआईएफले आफूले सोचे भन्दा धेरै समय लागेको भन्दै आफ्नो निर्णयबाट पछि हटेको हो ।

पिआईएफले विज्ञप्ति जारी गर्दै न्युकासलको समुदायको प्रशंसा र फुटबल क्लबको महत्वका बावजुद आफुहरुले न्युकासल किन्ने निर्णयबाट पछि हटेको जनाएको हो ।

“हामी सबैसँग माफी माग्न चाहन्छौ । हामी न्युकासलमा लगानी गर्न साँच्चै नै निकै उत्सुक र प्रतिबद्ध थियौ । हामी क्लबलाई उसको इतिहास र परम्परामा फर्काउन सफल हुन्छौँ भन्नेमा विश्वस्त थियौ । पछिल्लो समय क्लबमा आबद्ध हुने हाम्रो योजना भन्दा धेरै समय लागेको र कोरोनाका कारण विश्वव्यापी आर्थिक अवस्था ठिक नभएको र यसका कारण व्यवसायिक हिसाबले उत्तम समय नभएको कारण पनि हामी यसबाट पछि हटेका हौं,” बिज्ञप्तिमा भनिएको छ ।

“अन्त्यमा हामी समर्थकहरूलाई पनि यो विषयमा बुझाउनु जरुरी छ कि हामीले लगानीको वैकल्पिक बाटो नभेटेका कारण पनि न्युक्यासलसँग आबद्ध हुन सकेनौ ।”

पिआईएफले न्युकासलमा लगानी गर्ने भनेर धेरै अघि देखि कुरा भए पनि यस विषयले सोचे भन्दा धेरै समय लागेको थियो । त्यही माथि मानव अधिकारवादी संस्थाहरू विशेष गरि एम्नेस्टी इन्टरनेसनलले साउदीले न्युकासल किन्न लागेको भन्दै विरोध गर्दै आएका थिए ।

साउदीमा मानव अधिकारको व्यापक हनन् हुदै आएको र त्यहाको सरकारले यसलाई मतलब पनि नगरेको बताउदै आइएको छ । बेलायतका मानव अधिकारवादीहरुले यो निर्णयलाई उल्टाउनु पर्ने भन्दै आएका थिए ।

Click to comment

Trending