Headline

पिर्लो प्रशिक्षकका रुपमा युभेन्टस फर्किए

Published

on

इटाली लेजेण्ड आन्द्रे पिर्लो सिरी आ टोली युभेन्टसको यु-२३ टोलीको प्रशिक्षकका रुपमा फर्किने भएका छन् ।

सिरी आ विजेता टोली युभेन्टसले आफ्नो टोलीका पूर्व खेलाडी पिर्लोलाई प्रशिक्षक नियुक्त गरेको जनाएको हो ।

प्लेमेकर पिर्लोले सन् २०११ देखि सन् २०१५ सम्मको सिजन युभेन्टसमा बिताएका थिए । उनले युभेन्टसमा रहँदै क्लबलाई चारवटा सिरी आ, एक कोपा इटालिया र दुई वटा सुपर कोपा इटालियाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

युभेन्टसबाट अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब न्युयोर्क सिटीमा तीन वर्ष बिताएका उनले सन् २०१७ मा फुटबलबाट सन्यास लिएका थिए ।

सन् २००६ मा इटालीले विश्वकपको उपाधि जित्दाका सदस्य पिर्लोले इटालीका लागि एक सय १६ खेल खेल्दै १३ गोल गरेका थिए ।

Click to comment

Trending