Headline

 आयरल्याण्डले इङ्ग्ल्यान्डलाई दियो १७३ रनको झिनो लक्ष्य 

Published

on

वर्ल्डकप सुपर लिग अन्तर्गत पहिलो शृङ्खलाको पहिलो एकदिवसीय खेलमा आयरल्याण्डले घरेलु टोली इङ्ग्ल्यान्डलाई १७३ रनको झिनो लक्ष्य दिएको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले खराब सुरुवातका बावजुत ४४ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।  

एक समय २१ दशमलब पाँच ओभरमा ७९ रनको अवस्थामा आफ्नो महत्वपूर्ण सात विकेट गुमाएको आयरल्यान्ड पारी सम्हाल्ने क्रममा कर्टिस क्याम्फ़रएन्डी म्याकब्रेनले ६६ रनको साझेदारी गरे । त्यस्तै आयरल्याण्डको लागि क्याम्फ़रले २२ रन बनाएका केभिन ओ’ब्रायनसँग ५० रनको साझेदारी पनि गरे । 

आयरल्याण्डको तर्फबाट अविजित रहेका क्याम्फ़रले ११८ बलको सामना गर्दै सर्वाधिक ५९ रन जोडे भने म्याकब्रेनलेले पनि ४८ बल खेल्दै ४० रनको योगदान दिए । आयरल्याण्डका ओपनर ग्यारेथ डेलान्यले २२ तथा क्रेग योङ्ले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आयरल्याण्डका तीन जना ब्याट्सम्यानले त रनको खाता पनि खोल्न असमर्थ रहे ।    

आयरल्याण्डलाई सस्तोमै समेट्ने क्रममा इङ्ग्ल्यान्डका डेभिड विलीले सर्वाधिक पाँच विकेट हात पारे भने शान महमुदले दुई तथा टम कुर्रान र आदिल रशिदले समान १-१ विकेट हात पारे ।   

Click to comment

Trending