Headline

सिटीको एकेका लागि राखिएको प्रस्ताव रकम बर्नमाउथद्वारा स्विकार

Published

on

इङ्गलिस प्रिमियर लिगबाट रेलिगेट भएको बर्नमाउथले आफ्नो डिफेन्डर नथान एके माथि म्यानचेस्टर सिटीले राखेको ४० मिलियन पाउण्डको प्रस्ताव स्विकारेको छ ।

डच फुटबलर एके २०१७ मा किर्तीमानी रकममा बर्नमाउथ गएका थिए भने १ सय २१ खेल खेलेका थिए । अर्को सिजनका लागि सिटीका व्यवस्थापक पेप ग्वार्डियोला आफ्नो टोलीका लागि एक भरपर्दो सेन्टर ब्याकको खोजीमा रहेका छन् । सिटीले केही समय यता एकेमाथि आखा लगाइरहेको थियो ।

बर्नमाउथ प्रिमियर लिगमा १८ औं स्थानमा रहदै इङ्गलिस च्याम्पियनसिपमा रेलिगेट भएको थियो । बर्नमाउथ रेलिगेट नभएपनि एके क्लब छोड्ने मनसायमा पुगिसेको बुझिएको थियो भने क्लब च्याम्पियनसिपमा झरेपछि सिटीलाई वार्ताका लागि सजिलो भएको थियो ।

यो सिजन बर्नमाउथका लागि ३८ मध्ये २९ खेल खेलेका एकेले नेदरल्याण्ड्सका लागि १३ खेल खेलेका छन् । उनले यसअघि चेल्सी, वाटफोर्ड र रिडिङ्गका लागि खेलिसकेका छन् ।

बर्नमाउथले एस्टन भिल्लालाई डिफेण्डर टाइरोन मिङ्गसलाई बेच्दा पाएको २० मिलियन डलर अहिलेसम्मकै उनीहरुको किर्तिमानी कमाइ हो ।

Click to comment

Trending