Headline

विश्व नम्बर एक बार्टीले युएस ओपन नखेल्ने

Published

on

विश्व नम्बर एक महिला टेनिस खेलाडी एस्ली बार्टीले युएस ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।

बार्टीले कोरोनाको त्रासका कारण भन्दै आगामी अगस्ट ३१ तारिखबाट अमेरिकाको न्युयोर्कमा आयोजना हुने युएस ओपन नखेल्ने भन्दै आफ्नो नाम फिर्ता लिएकी हुन् ।

कोरोनालाई कारण देखाउदै प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने बार्टी पहिलो ठूलो नाम हो । अमेरिकामा ४५ लाख भन्दा धेरै कोरोनाबाट संक्रमित छन् भने एक लाख ५० हजार भन्दा धेरैको मृत्यु भएको छ ।

“मेरो टोली र मैले अमेरिका नउड्ने निर्णय गरेका छौ । मैले वेस्टर्न र साउदर्न ओपन र युएस ओपन नखेल्ने भएको छु,” बार्टीले विज्ञप्तिमा जनाएकी छिन् । “मलाई दुवै निकै मन पर्ने प्रतियोगिता हो र यसमा सहभागिता नजनाउने निर्णय गर्नु त्यति सहज थिएन । तर अमेरिकामा कोरोनाको त्रास छ जसका कारण त्यहाँ खेल्न जान उचित लागेन । मलाई मेरो टोलीलाई जोखिममा राख्न उचित लागेन ।”

२४ बर्षिया बार्टीले युएस ओपन नखेल्ने निर्णय भने अस्वभाविक होइन । उनले अघिल्लो महिना पनि युएस ओपनलाई लिएर चासो देखाएकी थिइन । त्यस्तै उनले फ्रेन्च ओपनमा पनि सहभागिता जनाउने वा नजनाउने विषयमा युरोप र फ्रान्सको अवस्था नियालेर बसेको पनि जनाएकी थिइन् ।

Click to comment

Trending