Headline

अफ्रिदीको नजरमा पोन्टिङ्गभन्दा धोनी दामी कप्तान

Published

on

पाकिस्तानका पुर्व कप्तान शहीद अफ्रिदीले रिकी पोन्टिङ्ग भन्दा महेन्द्र सिँह धोनी राम्रो कप्तान भएको बताएका छन् ।

ट्विटरमा गरिएको एक अन्तर्वार्ताका क्रममा अफ्रिदीले अष्ट्रेलियालाई लगातार दुई बिश्वकप जिताएका पोन्टिङ्ग भन्दा भारतीय क्रिकेटको काया पलट गरेका धोनीलाई राम्रो कप्तान मानेका हुन् । एक फ्यानद्वारा धानी र पोन्टिङ्गमा राम्रो कप्तान को भन्ने बिषयमा अफ्रिदीले भनेः निकै युवा खेलाडीहरु सम्मिलित टिमलाई उकासेको कारण म पोन्टिङ्ग भन्दा धोनीलाई अग्रस्थानमा राख्छु ।

५० ओभरको बिश्वकप, ट्वान्टी ट्वान्टी बिश्वकप र च्याम्पियन्स ट्रफि गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सबै उपाधि जित्ने धोनी एक मात्र कप्तान हुन् । उनले भारतलाई नम्बर एक टेस्ट टिम बनाउदै टेस्ट च्याम्पियनसिप पनि दिलाएका थिए ।

१९९९ बिश्वकपको उपाधि बिजेता टोलीमा पनि रहेका पोन्टिङ्गको कप्तानीमा पोन्टिङ्गले २००३ र २००७ को पनि बिश्वकप जित्दै ह्याट्रिक पुरा गरेको थियो । धोनीले ९० टेस्टमा ३८ दशमलव ०९ को ओषतमा ४ हजार ८ सय ७६ रन बनाएका थिए ।

अफ्रिदीले आफूले बलिङ्ग गर्दाका सबैभन्दा उत्कृष्ट ब्याट्स्म्यानको रुपमा वेष्ट इण्डिज लिजेण्ड ब्रायन लारा र दक्षिण अफ्रिकाका एबि डि भिलियर्सलाई चुनेका थिए ।

Click to comment

Trending