Headline

रोनाल्डो युरोपियन लिगमा सर्वाधिक स्कोरर बन्ने मौकामा चुके

Published

on

काग्लियारीसँग युभेन्टस स्तब्ध भएको खेलमा गोल गर्न नसक्दा क्रिष्चियानो रोनाल्डोले युरोपको लिगमा यो सिजन सर्वाधिक स्कोरर बन्ने मौका गुमाएका छन् ।

बुधबार राति भएको खेलमा लगातार नवौं पटक उपाधि जितिसकेको १४ औं स्थानको काग्लियारीसँग २–० ले हार्यो सबैभन्दा फ्रस्ट्रेटेड रहे पोर्चुगिज सुपरस्टार रोनाल्डो । रोनाल्डोले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै ३१ गोल गरेका छन् र उनलाई इटालि मात्र नभई युरोपको शिर्ष पाँच लिगहरु मध्येकै सर्वाधिक स्कोर बन्ने मौका रहेको थियो ।
तर रोनाल्डो चुक्न पुगे ।

लुका गाग्लियानो र जियोभानी सिमियोनेको गोलको मद्दतमा काग्लियारीले सहज जित दर्ता गर्यो भने रोनाल्डो लाजियो स्ट्राइकर सिरो इमोबिलेभन्दा अझै चार गोलले पछि परेका छन् । इटालियन सिरी आ मा अन्तिम चरणको खेल मात्र बाकी रहेको अवस्थामा रोनाल्डो सामु अब ठूलै चुनौति तेर्सिएको छ ।

इमोबिलेले बुधबार नै भएको खेलमा ब्रेसियामाथि २–० को जित हात पार्ने क्रममा एक गोल गरेका थिए । इमोबिले अब युरोपमा यो सिजन सर्वाधिक गोलकर्ता रहने लगभग पक्का भएको छ । उनी बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीभन्दा एक गोलले अगाडी रहेका छन् ।

इमोबिले सिरी आ इतिहासमा एकै सिजन सर्वाधिक गोल गर्ने गोन्जालो हिग्वेनको किर्तिमानबाट मात्र एक गोल पछाडी रहेका छन् । हिग्वेनले नापालीका लागि २०१५–१६ को सिजनमा ३६ गोल गरेका थिए ।

बुधबारको खेलमा जित हात पारेपछि लाजियो अंक तालिकामा एट्लान्टासँग ७८ अंकमा बराबरी गर्दै गोल अन्तरले मात्र चौथो स्थानमा रहेको छ । अर्को खेलमा एसि मिलानले साम्प्डोरियालाई ४–१ ले हरायो । लेचेले युडिनेजीलाई २–१ ले हराउदै रेलिगेसनको संघर्षलाई अन्तिम दिनसम्म लगेको छ ।

१८ औं स्थानमा रहेको लेचेको ३५ अंक रहेको छ भने रेलिगेसन जोनबाट एक स्थानमाथि रहेको जेनोआको ३६ अंक भएको छ । जेनोआ सासुलोसँग ५–० को फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

Click to comment

Trending