राष्ट्रिय

सिपिएलका लागि उड्नु अघि के भन्छन् त सन्दिप लामिछाने ? (भिडियो सहित)

Published

on

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने भोलि अर्थात् बिहीबार क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि नेपालबाट त्यस तर्फ उड्दै छन् ।

लामो कसरत गरे पछि सन्दिप कोरिया हुँदै चार्टर्ड विमानमा वेस्ट इन्डिज जाने भएका हुन् । कोरोना भाइरसका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण उनी अगष्ट १८ देखि हुने सिपिएलमा सहभागिता निश्चित हुन सकेको थिएन । सिपिएलका आयोजकहरूले कडा स्वास्थ्य प्रोटोकल सहित १४ दिन क्वारन्टिनमा बस्नु पर्ने नियम बनाएका छन् ।

सिपिएलका लागि उड्न अघि सन्दिपले आज टीयू क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गरे ।उनले सिपिएल तर्फ जान लागेकोमा खुशी व्यक्त गरे भने प्लेन मिलाउन विशेष योगदान गर्ने सबैलाई धन्यवाद पनि दिए ।

सन्दिपले कोरोनाका कारण लामो विश्राम पाएको र यसले विश्राम गर्ने मौका मिलेको र आफूलाई तथा आफ्नो खेललाई पुनर्विचार गर्ने मौका पनि मिलेको पत्रकार सम्मेलनमा बताए ।

सन्दिपले जहिले पनि आफ्नो पहिलो प्राथमिकता नेपाली राष्ट्रिय टोली रहेको र नेपाली समर्थकहरूको मायाले सधैँ अझ राम्रो प्रदर्शन गर्न प्रेरित गरेको पनि धारणा व्यक्त गरे ।

हेर्नुहोस् सन्दिपको पत्रकार सम्मेलनको पुरा भिडियो   

 

 

Click to comment

Trending