Headline

साग स्वर्ण बिजेता तथा उदीयमान फुटबलर अभिषेकलाई भिजनको साथ

Published

on

नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुद पुरुष फुटबलको स्वर्ण पदक बिजेता अभिषेक रिजाललाई भिजन कन्सर्न प्रा. लिले प्रायोजन गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच भिजन कन्सर्नले राष्ट्रिय टोलीका उदीयमान युवा खेलाडी अभिषेकलाई एक बर्षको लागि सम्झौता गरेको हो । लाजिम्पाट र बौद्धमा रहेको भिजन कन्सर्नले आखा परिक्षण र चस्मा बिक्रि बितरण गर्दै आईरहेको छ ।

सम्झौता पत्रमा अभिषेक र भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले हस्ताक्षर गरे । सम्झौता अनुसार भिजन कन्सर्नले एक बर्षका लागि अभिषेकको निशुल्क आखा परिक्षण गर्नेछ । यस्तै आवश्यक्ता अनुसार आखाका लागि आवश्यक सामग्रीहरु पनि उपलब्ध गराउने छ । सम्झौता रकम भने गोप्य राखिएको छ ।

शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध अभिषेकले भिजन कन्सर्नसँग जोडिदा निकै खुसी रहेको र आफुलाई यसले झनै प्रोत्साहन गर्ने बताए । “चस्मा सम्बन्धित कम्पनीसँग जोडिन पाँउदा निकै खुसी छु । यसले आगामी दिनमा झनै प्रोत्साहन गर्नेछ,” एन्फा एकेडेमी उत्पादन अभिषेकले भने ।

सम्झौता लगत्तै भिजन कन्सर्नले अभिषेकको पुर्ण आखा चेकअप पनि गरेको थियो । अभिषेकले गत बर्ष मलेसिया भ्रमणमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । दोस्रो खेलमै चाईनिज ताईपेविरुद्ध गोल गर्दै रिजालले राष्ट्रिय टिममा आफुलाई स्थापित गरेका हुन् ।

अभिषेक एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने क्लब स्तरिय एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् । उनले कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दीबाट भारतको मिनेर्वा पञ्जाव (हाल पञ्जाब एफसी) विरुद्ध गोल गरेका थिए ।

भिजन कन्सर्नका सञ्चालक पोखरेलले राष्ट्रिय खेलाडी अभिषेकसँग जोडिन पाउँदा आफुहरु निकै गौरवान्वित भएको र आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए ।

Click to comment

Trending