Headline

‘खेलाडी र व्यक्तिको रुपमा म हराएको थिए’

Published

on

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसी लिंगार्डले २०१९-२० को प्रिमियर लिग सिजनमा आफु खेलाडी र व्यक्तिको रुपमा हराएको बताएका छन्।

प्रिमियर लिगको यो सिजन युनाइटेडका लागि ९ खेलमा मात्र सुरुवात गरेका लिंगार्डले उनलाई निकै गार्हो भएको बताए।

“म कहिल्यै हार मान्न चाहन्न,” लिंगार्डले इन्स्टाग्राममा पोस्ट गरे। “मलाई थाहा थियो म वास्तवमा को हुँ। मलाई यहाँ पुग्न कति मिहिनेत लाग्छ र यहाँ पुगिसकेपछि कति परिश्रम गर्नपर्छ पनि थाहा छ ।”

सिजनको सुरुवातमा उनको आमा बिरामी भएपछी लिंगार्ड माथि परिवार प्रतिको दायित्व थपिएको थियो। लिंगार्डका अनुसार युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले अन्तिम मौका दिएको पनि बताए।

“मैले युनाइटेडका लागि चाहे जति प्रदर्शन गरिरहेको थिइन तर सोल्सायरले मेरो साथ कहिले छोडेनन्। उनि म बाट धेरै चाहन्थे,” उनले थपे। मार्चमा डर्बी काउन्टीको प्राइड पार्कमा क्लबले एफए कपको खेल जिते पछि टोलीका व्यवस्थापक माथि आइलागेका लिंगार्ड जातीय दुर्व्यवहारको शिकार भएका थिए।

“यो टोली, यो क्लब मेरो परिवार हो र म यस क्लबलाई उसको लक्ष्य हासिल गर्न पहिले भन्दा कडा परिश्रम गरिरहन्छु,” उनले थपे।

Click to comment

Trending