Headline

काउटिन्होको प्रिमियर लिगमा फर्कने इच्छा

Published

on

ब्राजिलका फेलिपे काउटिन्हो सन् २०१८ मा एक सय ४२ मिलियन पाउण्डमा इङ्गलिस प्रिमियर लिग क्लब लिभरपुल छाड्दै स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भए ।

पाँच बर्ष एनफिल्डमा रहँदा उत्कृस्ट प्रदर्शन गरेका काउटिन्होले क्याम्प नाउमा गएको पहिलो बर्षमा नै ला लिगाको उपाधि हात पारे । तर बार्सिलोना पुगे पछि उनी लियोनेल मेस्सी र लुइस स्वारेजको छायाँमा परे जसका कारण उनको प्रदर्शन नगन्य बन्न पुग्यो ।

सन् २०१९–२० को सिजनमा काउटिन्हो बार्सिलोनाको योजनामा नै पर्न सकेनन् । जसको फाइदा उठाउँदै जर्मन बुन्डेसलिगा क्लबले उनलाई एक बर्षे लोनमा आफ्नो क्लबमा भित्र्याएको थियो ।

तर काउटिन्होका एजेन्ट किया जुराबचिनका अनुसार उनी फेरी प्रिमियर लिग क्लबमा नै फर्कन चाहन्छन् । बार्सिलोनाको टोलीमा अटाउन नसके पछि उनले प्रिमियर लिग क्लब रोज्न खोजेका हुन् ।

जुराबचिनका अनुसार आगामी ट्रान्सफरमा युरोपका अन्य लिगका क्लबहरु काउटिन्होलाई अनुबन्ध गर्नका लागि तयार रहेका छन् । तर हालको अवस्थामा उनी बार्सिलोना छाड्ने मनस्थितीमा रहेका छैनन् । च्याम्पियन्स लिग अगस्ट २३ तारिख सम्म चल्ने छ ।

“काउटिन्हो जस्तो व्यवसायिक खेलाडीलाई अहिले नै केहि कुराको प्रतिबद्धता जनाउन र अन्य क्लबमा जानका लागि कठिन छ”, उनले बताए।

Click to comment

Trending