Headline

इन्टर मिलान इटालीमा दोश्रो स्थानमा कायम

Published

on

नापोलीलाई २–० ले हराउदै इन्टर मिलान इटालियन सिरी आ को दोश्रो स्थानमा कायमै रहेको छ । युभेन्टसले आफ्नो लगातार नवौं उपाधि जितिसकेको स्थितिमा सिरी आ मा अब दोश्रो स्थानका लागि मात्र प्रतिस्पर्धा बाकी रहेको छ ।

मङ्गलवारको जितपछि इन्टर ७९ अंकका साथ दोश्रो स्थानमा रहेको छ । एक स्थानपछाडी रहेको एट्लान्टाको एक अंक कम रहेको छ । ३७ औं चरणका खेलहरु शुरु हुदा मङ्गलवार नै एट्लान्टाले पार्मालाई २–१ ले हरायो । चौथो स्थानको लाजियोको ७५ अंक रहेको छ भने च्याम्पियन्स लिग छनोट गुमाइसकेको एएस रोमा ६४ अंक साथ पाचौं स्थानमा छ ।

इन्टरको जितमा ड्यानिलो एम्ब्रोसियो र लौटारो मार्टिनेजले १–१ गोल गरेका थिए । पार्माले पहिलो हाफमा एट्लान्टालाई बराबरीमा रोकेपनि पाहुना टोलीले दोश्रो हाफको अन्त्यतिर दुवै गोल गरेको थियो ।

रस्लान मालिनोभ्स्कीले ७४ औं मिनेटमा गोलको खाता खोलेका थिए भने आलेजान्द्रो गोमेजले ८४ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित पारेका थिए । पार्मा ११ औं स्थानमा रहेको छ । सिरी आ बाट बे्रसिया र स्पाल यसअघि नै रेलिगेट भइसकेका छन् भने अब बाकी एक स्थानको खतरामा लेचे र जेनोआ रहेका छन् ।

Click to comment

Trending