Corona Virus

रियल म्याड्रिड स्ट्राइकर लाई कोरोना भाइरस

Published

on

रियल म्याड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाईरस पोजेटिभ भएको क्लबले जनाएको छ।

रियलले बिज्ञप्ति निकाल्दै २६ बर्षीय मारियानोको स्वास्थ्य अवस्था सामान्य  रहेको  र उनि आफ्नो घरमा आइसोलेसनमा बस्दै आएको जनाएको छ।

उनि रियलले १९ जुलाईमा लेगानेससँग खेलेको खेलमा बेन्चमा रहेका थिए ।

रियल च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा म्यानचेस्टर सिटिविरुद्ध अगस्ट ७ मा खेल्दै छ।

युरोपेली फुटबलको नियामक निकाय युएफा पनि क्लबसँग सम्पर्कमा रहेको छ र मारियानोको अवस्था बारे अनुगमनमा रहेको छ।

यसका साथ साथै उनले अगस्ट ७ मा हुने च्याम्पियन्स लिग खेल्ने वा नखेल्ने विषय पनि गम्भीर रहेको छ।

मारियानोले २०२० मा सबै प्रतिस्पर्धामा रियलका लागि सात खेल खेलेका छन् भने मार्चको शुरुमा भएको एल क्लासिकोमा बार्सिलोनालाई २-० ले पराजित गर्दा गोल गरेका थिए जसले गर्दा रियल स्पेनी च्याम्पियन बन्न धेरै सहयोग पुगेको थियो ।

Click to comment

Trending