अन्तर्राष्ट्रिय

११ बर्ष पछि फवाद आलम पाकिस्तान टोलीमा

Published

on

पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्ड बिरुद्धको टेस्ट र ट्वान्टी ट्वान्टी शृंखलाका लागि २० सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण पाकिस्तान टोली हाल इंग्ल्यान्डमा नै रहेको छ र उसले २९ जनाबाट आज अन्तिम २० को नाम सार्वजनिक गरेको हो ।

अघिल्लो वर्ष सन्यास घोषणा गरेका वाहब रियाजले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । सन्यास घोषणा गरे पनि उनले आफु पाकिस्तानका लागि खेल्न तयार रहेको जनाएका थिए । त्यस्तै अघिल्लो बर्ष टेस्ट र ट्वान्टी ट्वान्टीको कप्तानीबाट हटाइएका विकेट किपर ब्याट्सम्यान सर्फराज़ अहमदले पनि टोलीमा फिर्ता आएका छन् । तर पाकिस्तानी टोलीमा मोहम्मद रिजवान विकेट किपरका रुपमा खेल्ने निश्चित जस्तै रहेका कारण उनी वैकल्पिक विकेट किपरका रुपमा टोलीमा रहने छन् ।

पाकिस्तान टोलीका मुख्य चयनकर्ता र प्रशिक्षक मिस्बाह उल-हकले टोलीमा सबैभन्दा अनौठो निर्णय भनेको फवाद आलमलाई अन्तिम २० मा अट्याउनु हो । आलमले पछिल्लो पटक पाकिस्तानको लागि सन् २००९ मा खेलेका थिए ।

पाकिस्तानले इंग्ल्यान्ड भ्रमणका क्रममा समान ३-३ टेस्ट र ट्वान्टी ट्वान्टी खेल खेल्ने छ । तीन टेस्टको शृंखला अगस्ट पाँच तारिकमा तथा ट्वान्टी ट्वान्टी अगस्ट २८ मा सुरु हुनेछ ।

पाकिस्तान टोली :- अजर अली (कप्तान), बाबर अजाम, अबिद अली, असद शफिक, फ़हिम अश्रफ़, फवाद आलम, इमान-उल-हक, इमरान खान, काशिफ भाटी, मोहम्मद अब्बास, मोहम्मद रिजवान, नसिम शाह, सर्फराज अहमद, शदाब खान, शाहीन अफ्रिदी, शान मसुद, सोहेल खान, उस्मान शिन्वारी, वाहब रियाज, यासिर शाह,

Click to comment

Trending