अन्तर्राष्ट्रिय

योर्गन क्लोप बर्षकै उत्कृष्ट व्यवस्थापक

Published

on

लिभरपुलका योर्गन क्लोपलाई लिग प्रबन्धक संघको बर्षको उत्कृष्ट व्यवस्थापक घोषणा गरिएको छ ।

क्लोपको लिभरपुलले ३० बर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो । महिला तर्फ भने चेल्सीकी इमा हाएसले यो पुरस्कार प्राप्त गरेको थिइन । लिड्स युनाइटेडलाई च्याम्पियन्सिप जिताउदै प्रिमियर लिगमा ल्याएका व्यवस्थापक मर्सेलो बिएल्सा भने च्याम्पियन्सिपको उत्कृष्ट व्यवस्थापक घोषित भए ।

क्लोपलाई विजेता घोषित गर्दा म्यानचेस्टर युनाइटेडका पूर्व व्यवस्थापक सर एलेक्स फर्गुसनले क्लोप पूर्ण रूपमा योग्य भएको बताएका थिए । तपाईको टिमको प्रदर्शन स्तर उत्कृष्ट थियो । तपाईको व्यक्तित्वले सम्पूर्ण क्लब चल्छ, क्लोपले भने ।

क्लोपको टोलीले उपाधि हात पार्दै लिग समाप्तिसम्म ९९ अंक बटुलेको थियो ।

Click to comment

Trending