Headline

एमबाप्पेले च्याम्पियन्स लिग क्वार्टर फाइनल गुमाउने

Published

on

पेरिस सेन्ट जर्माइन (पिएसजी) का फर्वार्ड किलियन एमबाम्पे तीन हप्ता मैदान बाहिर रहने भएका छन् । फ्रेन्च कप फाइनल अन्तर्गत गत शुक्रबार भएको फाइनलको क्रममा घाइते भएका एमबाम्पेको चोट ठिक हुन कम्तिमा तीन हप्ता लाग्ने क्लबले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

सेन्ट एटिने डिफेन्डर लोइच पेरिनले घातक फउल गरेपछि एमबाप्पे फ्रेन्च कपको फाइनलमा आशु झार्दै मैदान छोड्न बाध्य भएका थिए । पछि गोलीगाँठोमा चोट लागेको थाहा भएको थियो । पिएसजीले १–० ले उपाधि जितेपछि उनले बैशाखी टेकेरै टिमसँग खुशियाली मनाएका थिए ।

पिएसजीले च्याम्पियन्स लिग अन्तर्गत अगष्ट १२ मा हुने क्वार्टर फाइनलमा इटालियन टोली एट्लान्टाको सामना गर्नेछ । त्यस खेलमा एमबाप्पे खेल्न नसक्ने पक्का भएको छ । तर उनी सेमिफाइनल र फाइनल खेल सम्म पूर्ण ठिक हुने क्लबले जनाएको छ ।

लिग वानका गोल्डेन बुट विजेता एमबाप्पेले गत सिजन पिएसजीको लागि ३४ खेल खेल्दै ३० गोल तथा १८ असिस्ट पनि गरेका थिए । त्यस्तै च्याम्पियन्स लिगको जारी सिजनमा सात खेल खेलेका उनले समान ५-५ गोल र एसिस्ट गरिसकेका छन् ।

Click to comment

Trending