अन्तर्राष्ट्रिय

श्रीलङ्काले पनि फ्रेन्चाइज लिग सुरु गर्दै

Published

on

श्रीलङ्का क्रिकेट बोर्डले पनि फ्रेन्चाइज लिग सुरु गर्ने भएको छ । श्रीलङ्का क्रिकेट बोर्डले सोमबार सबैभन्दा कान्छो ट्वान्टी ट्वान्टी लिग, लंका प्रिमिएर लिगको घोषणा गरेको छ । 

पहिलो संस्करणको लङ्का प्रिमिएर लिग अगस्ट २८ तारिकबाट सेप्टेम्बर २० तारिक सम्म श्रीलङ्काका चार मैदानमा आयोजना हुने श्रीलङ्का बोर्डले जनाएको छ । पहिलो संस्करणमा पाँच टोलीको मात्र सहभागिता रहने छ भने कुल २३ खेल मात्र सञ्चालन हुनेछन् ।

पाँचवटा टोलीको नाम कोलम्बो, क्यान्डी, गाले, डाम्बुल्लाजफ्फना रहेका छन् । बोर्डले जनाए अनुसार ७० जना खेलाडी र १० जना प्रशिक्षकहरूले लङ्का प्रिमिएर लिगमा खेल्नका स्वीकृति दिइसकेका छन् ।       

तर सोमबार नै क्यारेबियन प्रिमिएर लिगको खेल तालिका सार्वजनिक गरेको छ भने दुबै लिगको मिति जुध्न गएकाले खेलाडीहरूले दुई मध्य एक रोज्न पर्ने भएको छ । क्यारेबियन प्रिमियर लिग अगस्ट १८ तारिखबाट सेप्टेम्बर १० तारिख सम्म सञ्चालन हुनेछ ।

Click to comment

Trending