अन्तर्राष्ट्रिय

२० बर्षिय विंगर टोरेसलाई अनुबन्ध गर्दै सिटी

Published

on

म्यानचेस्टर सिटीले भ्यालेन्सियाका २० बर्षिया विंगर फेरान टोरेसलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि दुबै पक्ष सम्झौता नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मेस्टालामा टोरेसको सम्झौता अब मात्र १२ महिना बाँकी रहेको अवस्थामा उनि पाँच वर्षको अनुबन्धनमा इतिहाद आउन लागेका हुन् । टोरेसको लागि सिटी र भ्यालेन्सियाले के कति रकमको सम्झौता गर्न लागेका हुन् भन्ने विषयमा केही जानकारी नआए पनि सिटी उनको अधिकतम मूल्य २७ देखि ३६ मिलियन पाउण्ड सम्म तिर्न तयार रहेको छ स्पेनिस क्लबले बारम्बार टोरेसको सम्झौता बढाउन प्रयास गरे पनि टोरेस भने नयाँ सम्झौता थप्ने मनस्थितिमा रहेका थिएनन् ।

युरोपको प्रतियोगिताका लागि स्थान बनाउन असफल भए पछि भ्यालेन्सिया पनि पैसाको जोहो गर्नका लागि उनलाई बेच्न तयार भएको हो ।

टोरेसलाई आफ्नो क्लबमा अनुबन्ध गर्नका लागि सिटी बाहेक म्यानचेस्टर युनाइटेड र सिरी आ क्लब युभेन्टस पनि तयार रहेका थिए । तर सिटीका म्यानेजर पेप ग्वार्डीयोलाले टोरेसलाई सिटी ल्याउन रिझाएका हुन् ।

टोरेस आफै पनि ग्वार्डीयोलासँग काम गर्न इच्छुक रहेका कारण उनले सिटी रोजेका हुन् ।

Click to comment

Trending