Headline

युभेन्टसलाई युरोपमा किर्तिमानी लिग उपाधि

Published

on

युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी आ को उपाधि जितेके छ । आइतबार रातिको खेलमा साम्प्डोरियालाई पराजित गर्दै युभेन्टसले लिगमा दुई खेल बाकी छदै उपाधि माथि कब्जा जमाएको हो ।

पछिल्लो पाँच खेलमा एक मात्र जित बटुल्दै खस्कदो प्रदर्शन गरेको युभेन्टसले आइतबार भने समर्थकको उपाधिको प्रतिक्षालाई समाप्त पार्दै २–० को जित निकाल्यो । युभेन्टसको जितमा क्रिष्चियानो रोनाल्डो र फेडेरिको बर्नार्डेसीले १–१ गोल गरेका थिए ।

रोनाल्डोले ८९ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए । ७७ औं मिनेटमा मोर्टेन थोस्र्बी दोश्रो पहेलको कार्ड खादै मैदान बाहिरिएपछि साम्प्डोरिया १० जनामा सिमित भएको थियो । तर त्यसअघि नै युभेन्टसले २–० को अग्रता बनाइसकेको थियो ।

युभेन्टसको ८३ अंक छ भने उसका निकटतम प्रतिद्वन्दीहरु इन्टर मिलान (७६), एट्लान्टा (७५) र लाजियो (७४) ले लिग सुचारु हुदा लगातार अंक गुमाएपछि उपाधिको लागि सहज भएको थियो ।

रोनाल्डोले सिरी आ मा यो सिजन ३१ औ गोल गरेका हुन् । सिरी आ का सर्वाधिक गोलकर्ता भने इन्टरका सिरो इमोबिले रहेका छन् । उनको ३४ गोल रहेका छन् ।

पहिलो पटक उपाधि जितेका प्रशिक्षक माउरिजियो सारीको युभेन्टस युरोपको उत्कृष्ट पाँच लिगहरु मध्ये लगातार ९ उपाधि जित्ने एक मात्र क्लब पनि बनेको छ । जर्मनीमा यसै सिजन बायर्न म्युनिखले लगातार ८ औं उपाधि जितेको थियो ।

Click to comment

Trending