Headline

कोन्टेको लागि मेस्सी इन्टर आउनु ‘फेन्टसी फुटबल’

Published

on

इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बार्सिलोना स्टार लियोनल मेसीको लागि इटालियन क्लब आउने कुरालाई “फेन्टसी फुटबल” भन्दै सोझै नकारिदिएका छन् ।

“हामी फेन्टसी फुटबलको कुरा गरिरहेका छौं । यो यस्तो स्थिति हो जहा धेरै कारणले उनलाई भित्र्याउन लागि इन्टरले कदम चाल्न सक्दैन,” शनिबार जेनोआलाई ३–० ले हराएपछि इटालियन सिरी आ मा दोस्रो स्थानमा उक्लिएपछि कोन्टेले भनेका थिए ।

बार्सीलोनामा आफ्नो खेल जीवन बिताउदै ६ पटकका बलोन डि’ओर बिजेता मेस्सीको यही बर्ष सम्झौता अन्त्य हुँदै छ । “मलाई लाग्दैन कि संसारमा को पागल छ जो मेस्सीलाई आफ्नो क्लबमा चाहँदैन, तर हामीले जस्तो टोली बनाउने प्रयाश गरिरहेको छौं त्यसबाट मेस्सी वास्तवमै टाढा छन्,” पूर्व युभेन्टस र चेल्सी प्रशिक्षक कोन्टेले भने ।

इन्टरका प्रमुख कार्यकारी निर्देशक गुसेप मारोट्टाले पनि युभेन्टस स्टार क्रिष्चियानो रोनाल्डोको प्रतिद्वन्द्वी चाहेकाले मेस्सीले भित्रउन चाहेको भन्ने हल्लालाई नकारिदिएका थिए ।  “मेस्सी हाम्रो लक्ष्य होइनन् र मलाई लाग्दैन कि उनी बार्सिलोना छोड्न चाहन्छन,” मारोट्टाले भने ।

यसैबीच कोन्टेले म्यानचेस्टर युनाइटेडसँग लोन मुभ सकिनु अगाडि एलेक्सिस सान्चेजसँग सम्झौता गर्न र उनलाई यही सिजन इन्टरसँग युरोपा लिग खेलाउने चहाना भएको भने बताएका थिए । “क्लबले यो समस्याको समाधान गर्न सकोस । सान्चेजले धेरै खेल्न सकेका छैनन् । गुणस्तर कायम गर्नका लागि हामीसँग आक्रमणको लागि बिकल्प हुन निकै महत्वपूर्ण छ,” कोन्टेले भने ।

Click to comment

Trending