अन्तर्राष्ट्रिय

कुनै पनि भारतीय खेलाडीको स्टोक्ससँग तुलना गर्न मिल्दैन – गौतम गम्भिर 

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व ओपनर गौतम गम्भिरले कुनै पनि भारतीय खेलाडीको बेन स्टोक्ससँग तुलना गर्न नमिल्ने धारणा राखेका छन् ।

सामाजिक सञ्जालको एक अन्तरवार्ताका क्रममा गम्भिरले जुन प्रकारको प्रदर्शन स्टोक्सले गर्दै आएका छन् त्यो प्रदर्शनलाई आधार मान्ने हो भने भारतका कुनै पनि खेलाडीको तुलना गर्न मात्र हैन उनको आसपासमा समेत कोही पनि खेलाडी नरहेको पनि बताए ।

बेन स्टोक्सको अलराउण्ड प्रदर्शनमा इंग्ल्यान्डले पहिलो टेस्टमा हारका बावजुद दोश्रो टेस्टमा वेस्ट इण्डिजलाई एक सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै तीन खेलको शृङ्खला १-१ को स्थितिमा पुर्याएका थिए । उक्त खेलमा पहिलो पारीमा तीन सय ५६ बलको सामना गर्दै एक सय ७६ रनको पारी खेलेका स्टोक्सले दोश्रो पारीमा ओपनिङमा ब्याटिङ गर्दै ५७ बलमा आक्रामक अविजित ७८ रन बनाए । त्यस्तै उनले दोश्रो पारीमा महत्त्वपूर्ण दुई विकेट पनि लिएका थिए ।

ताजा अवस्थालाई हेर्ने हो भने बेन स्टोक्ससँग भारतका मात्र हैन कुनै पनि देशका खेलाडीको तुलना गर्न मिल्दैन । उनी आफ्नै बाटो खन्दै छन्,’ गम्भिरले बताए । ‘स्टोक्स यस्ता खेलाडी हुन् जो टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टी मध्य एकमा हैन तीनवटै खेलको ढाँचामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यति मात्र हैन उनी ब्याटिङ, बलिङ र फिल्डिङ पनि उत्तिकै उच्च प्रदर्शन गर्ने गर्दछन् ।’ 

त्यस्तै गम्भिरले कुनै पनि कप्तानको स्टोक्स जस्तो खेलाडी आफ्नो टोलीमा होस् भन्ने सपना राख्ने गरेको पनि जनाए ।

Click to comment

Trending