Headline

लुकाकुको दुई गोलपछि इन्टर इटालीमा दोश्रो स्थानमा

Published

on

जेनोआलाई ३–० ले हराउदै इन्टर मिलान इटालियन सिरी आ को दोश्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानको युभेन्टसभन्दा चार अंक पछाडी रहेको इन्टरले एक खेल बढी खेलेको छ ।

सिरी आ को उपाधि लगभग कब्जा गरिसकेको युभेन्टसलाई बाकी रहेका तीन खेलबाट तीन अंक मात्र बटुलेपनि पर्याप्त हुनेछ । इन्टर भने झिनो आशाका साथ उपाधि दौडमा कायमै रहेको छ । तेश्रो स्थानको एट्लान्टाको ७५ र चौथो स्थानको लाजियाको ७२ अंक रहेको छ ।

युभेन्टसले आइतबार हुने खेलमा साम्प्डोरियाको सामना गर्दैछ । जित हात पारेको खण्डमा युभेन्टसले लगातार नवौं पटक सिरी आ को उपाधि उचाल्ने छ । यद्दपि युभेन्टसलाई आफ्नो खस्कदो फर्मको साह्रै चिन्ता भने रहेको छ ।

युभेन्टसले पछिल्लो पाँच खेलमा मात्र एक मा जित हात पारेको छ । यसअघिको खेलमा पनि युभेन्टस रेलिगसेनबाट बच्न संघर्ष गरिरहेको युडिनेजीसँग पराजित हुन पुगेको थियो ।

शनिबारको खेलमा इन्टरका लागि रोमेलु लुकाकुले दुई गोल गरेका थिए । त्रिष्चियानो बिराघीको क्रसमा हेडर मार्फत लुकाकुले ३४ औं मिनेटमै इन्टरलाई अग्रता दिलाएका थिए । एलेक्सिस साञ्चेजले ८२ औं मिनेटमा दोश्रो गोल गरे भने लुकाकु अन्त्यतिर आफ्नो दोश्रो गोल थपेका थिए ।

३६ अंक मात्र रहेको जेनोआ अझै पनि रेलिगेसनको खतरामै रहेको छ । ब्रेसिया (२४) र स्पाल (१९) रेलिगेट भइसकेका छन् भने लेचेको ३२, टोरिनोको ३८ र युडिनेजीको ३९ अंक रहेको छ । शनिबारकै अर्को खेलमा पार्मासँग २–१ ले हारेपछि ब्रेसियाले अर्को हार बेहोर्न पुग्यो । यस्तै अर्को खेलमा नापोलीले सासुलोलाई २–० ले हरायो ।

Click to comment

Trending