Headline

म नेपाल चाडै नै फर्किने छु, फुटबल प्रशिक्षक योहान कालिन

Published

on

कोरोना भाईरसले विश्व फुटबलसँगै नेपाली फुटबललाई पनि लथालिङ पारिदियो । कोरोनाले रोकिएको क्लब फुटबल युरोप र अन्य देशहरुमा पनि शुरु भइसक्दा राष्ट्रिय टोलीको खेलहरुका लागि पनि बिभिन्न देशका फुटबल निकायहरु अभ्याससँगै मैत्रिपूर्ण खेलहरुका लागि पनि तयारी गर्न थालेका छन् । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघले पनि राष्ट्रिय टोलीका लागि प्रशिक्षण गराउन सरकारबाट अनुमती पाइसकेको छ ।

श्रावनको दोस्रो साताबाट प्ररम्भिक छनोटमा परेका ३५ जना राष्ट्रिय खेलाडीलाई एन्फास्थित होस्टलको क्वारेन्टिनमा राखेर कोरोना प्ररिक्षण गर्दै भदौं १ देखी अभ्यास थालिने नेपाली टोलीका व्यवस्थापक मदुसुदन उपाध्यायले बताएका छन् । प्रशिक्षणको मिति नजिकिदै जादा स्विडेनमा रहेका प्रशिक्षक योहान कालिनसँग दिपेश तिमल्सिनाले विस्पोर्ट्जका लागि लिएको यो संक्षिप्त अन्तर्वार्ता: 

लामो लकडाउनपछि खेलाडीको स्वास्थ्य र फिट्नेसको चिन्ता ?

प्रतिस्पर्धात्मक फुटबल नै नखेले पनि आशा गरौँ खेलाडीहरुले लकडाउनको बेला व्यक्तिगत रुपमा राम्रो प्रशिक्षण गर्दै आफ्नो फिट्नेसलाई ध्यानमा रखेका छन् ।

लकडाउनको यो लामो समय बिदामा नेपाली टोलीका लागि नयाँ खेल शैली तथा केही नयाँ राणनीति सोच्नु भएको छ ?

मिडियासँग कुरा गर्न लायक अहिले सम्म त त्यस्तो केही पनि भएको छैन । एउटा कुरा के हो भने राणनीतिक हिसाबले धेरै कुरा समान हुन सक्लान तर अबको फुटबलमा केही फरक भने अवश्य हुनेछ । त्यो बिषय हाम्रो खेलाडी र बिपक्षी टोलीको खेलमा पनि भर पर्नेछ ।

एउटा हल्ला छ कि तपाईं नेपाल बसाइदेखि त्यती खुशी हुनुहुन्न र मुख्य प्रश्न भनेको के तपाईं आफ्नो पूर्ण ऊर्जाको साथ नेपाल फिर्ता आउँदै हुनुहुन्छ ?
म किन खुशी नहुने ? त्यो हल्ला गलत हो । यस्तो हल्ला कहाँबाट आउछ मलाई केही पनि थाहा छैन ।

नेपाल कहिले फर्किदै हुनुहुन्छ ?

आशा गरौँ म चाडैँ नेपाल फर्किने छु । यस्तो अवस्थामा यात्रा गर्न अवश्य पनि गाह्रो त हुन्छ नै तर म चाडैँ आउने कोशिस गर्ने छु । र म तपाईंलाई यो अन्तर्वार्तामार्फत एन्फासँग मलाई कुनै समस्या नभएको पनि बताउन चाहन्छु ।

Click to comment

Trending