Headline

एमबाप्पेको गोलीगाँठोमा गहिरो चोट, च्याम्पियन्स लिगबारे तीन दिनपछि थाहा हुने

Published

on

पेरिस सेन्ट जर्माइन (पिएसजी) फर्वार्ड किलियन एमबाम्पेलाई फ्रेञ्च कप फाइनल अन्तर्गत शुक्रबार भएको फाइनलमा गोलीगाँठोमा चोट लागेको थाहा हुन आएको छ ।

लिग वानको उपाधि पनि जितेको पिएसजीले २१ बर्षिय पिएसजीको चोटलाई डक्टरहरुले अबको तीन दिनमा फेरि मुल्यांकन गर्ने बताएको छ । सेन्ट एटिने डिफेन्डर लोइच पेरिनले घातक फउल गरेपछि एमबाप्पे फ्रेञ्च कपको फाइनलमा आशु झार्दै मैदान छोड्न बाध्य भएका थिए ।

पिएसजीले १–० ले उपाधि जितेपछि उनले बैशाखी टेकेरै टिमसँग खुशीयाली मनाएका थिए । पिएसजीलाई अझै पनि एमबाप्पेलाई च्याम्पियन्स लिगको महत्वपूर्ण क्वार्टरफाइनलका लागि गुमाउने डर रहेको छ ।

पिएसजीले अगष्ट १२ मा हुने क्वार्टर फाइनलमा इटालियन टोली एट्लान्टाको सामना गर्नेछ । शुक्रबारको खेलमा पिएसजीका लागि एक मात्र गोल नेमारले गरेका थिए । फाइनलमा फ्रेञ्च फुटबलले सिमित संख्यामा दर्शकलाई प्रवेश गर्न अनुमति दिएको थियो ।

Click to comment

Trending