Headline

भार्डी बिश्वकै उत्कृष्ट स्ट्राइकर मध्ये एक

Published

on

लेस्टर सिटीका व्यवस्थापक ब्रेण्डान रोजर्सले जेमि भाडीलाई बिश्वकै उत्कृष्ट मध्येका एक स्ट्राइकरको संज्ञा दिएका छन् ।

यो सिजनको अन्तिम चरणका खेलहरु आइतबार समाप्त हुनुअघि भार्डी २३ गोल सहित इङ्गलिस प्रिमियर लिगमा २३ गोलका सर्वाधिक गोलकर्ताको पहिलो नम्बरमा रहेका छन् । च्याम्पियन्स लिगमा छनोट हुनका लागि गर या मरको स्थितिमा रहेको लेस्टरले आइतबार म्यानचेस्टर युनाइटेडको सामना गरिरहेको छ ।

बराबरीले युनाइटेडले च्याम्पियन्स लिगको टिकट काट्नेछ भने लेस्टरलाई जितबाहेक अन्य कुनै बिकल्प छैन । खेल बराबरीमै समाप्त भएको खण्डमा चेल्सीलाई फाइदा हुनेछ तर फ्रांक लाम्पार्डको टोली अन्तिम खेलमा पराजित भएको खण्डमा गोल अन्तरका आधारमा लेस्टर चौथो स्थानमा लिग समाप्त गर्दै च्याम्पियन्स लिग पुग्नेछ ।

“वर्तमान अवस्थामा भार्डीलाई बिश्वकै उत्कृष्ट स्ट्राइकरहरु मध्ये एकको रुपमा हेरिनु पर्छ । हामी अर्को सिजन जब युरोपियन प्रतियोगितामा खेल्छौं, उनी जुनसुकै स्तरमा भएपनि आफूलाई साबित गरेर देखाउनेछन्,” रोजर्सले भने ।

लेस्टर च्याम्पियन्स लिगमा छनोट हुन नसकेको खण्डमा पनि उसको युरोपा लिगमा स्थान भने पक्का भइसकेको छ । “जब म लेस्टर आए मैले त्यति बेला नै भार्डी बिश्वस्तरीय स्ट्राइकर रहेको भनेको थिए । अर्को बर्ष उनले युरोपको स्टेजमा यसलाई साबित गर्ने अर्को मौका पाउनेछन्,” रोजर्सले थपे ।

व्यवस्थापक ब्रेण्डान रोजर्ससँग ठट्टा गर्दै भार्डी

प्रिमियर लिगको गोल्डेन बुट जित्ने दौडमा भार्डी साउथ्याम्प्टन फर्वार्ड ड्यानी इङ्गस भन्दा दुई गोलले अगाडी रहेका छन् । आर्सनलका पिएर एमेरिक–औबामेयाङ (२०) तेश्रो र लिभरपुलका मोहम्मद सलाह (१९) र म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ्ग (१९) संयुक्त रुपमा चौथो स्थानमा रहेका छन् । स्टर्लिङ्गले पछिल्लो खेलमा वेष्ट ह्यामबिरुद्ध ह्याट्रिक गरेका थिए ।

प्रिमियर लिग सुचारु भएपछि टप फ्लाइटमा गोलको शतक पुरा गरेका भार्डीले २१० खेलमा १ सय ३ गोल गरेका छन् । “उनले खेललाई निकै सिरियसली लिने गर्छन् । सबैजनाले उनलाई स्पाइडर म्यानको लुगा लगाउदै जोक गर्ने केटाको रुपमा लिन्छन् तर उच्च स्तरको व्यवसायिक खेलाडी नभइकन तपाई टप लेभलको स्ट्राइकर बन्न सक्नु हुन्न,” रोजर्सले भने ।

Click to comment

Trending