Headline

पिएसजीलाई फ्रेञ्च कप, घाइते एमबाप्पेले रुदै मैदान छोडे

Published

on

नेमारले गरेको एक मात्र गोलको मद्दतमा पेरिस सेन्ट जर्माइन (पिएसजी) फ्रेञ्च कप च्याम्पियन बनेको छ ।

कोरोना भाइरसले सिजन रद्द भएपछि खेलिएको पहिलो प्रतिस्पर्धात्मक फुटबलको फाइनलमा पिएसजीले सेन्ट एटिनेलाई १–० ले हरायो । ३१ औ मिनेटमा लोइच पेरिनले किलियन एमबाप्पेमाथि घातक फउल गरेपछि सेन्ट एटिने १० खेलाडीमा सिमित भएको थियो ।

४१ औ मिनेटमा नेमारले गरेको गोल पिएसजीलाई १३ औं फ्रेञ्च कपको उपाधि दिलाउनका लागि पर्याप्त हुन पुग्यो । केही दर्शकहरुलाई प्रवेश दिइएको खेलमा एमबाप्पे घाइते भएपछि रुदै मैदान छोडेका थिए । उनी अब च्याम्पियन्स लिग अन्तर्गतको क्वार्टर फाइनलमा एट्लान्टाबिरुद्ध हुने नहुनेमा शंका उत्पन्न भएको छ ।

एमबाप्पे पछि डग आउटमा बैशाखीको सहारामा हिडिरहेका थिए । कोरोनाका कारण सिजन रद्द हुँदा लिग च्याम्पियन घोषित भएको पिएसजी घरेलु डबल (दुई वटा उपाधि) पुरा गरेको छ । तर एमबाप्पे घाइते बनेपछि उसको तीन वटा उपाधि जित्ने आशामा नराम्ररी धक्का लागेको छ ।

Click to comment

Trending