Headline

प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बरदेखि

Published

on

इंग्लिस प्रिमियर लिगले २०२१ को आफ्नो नयाँ सिजन सेप्टेम्बर १२ देखि शुरु गर्ने जनाएको छ। प्रिमियर लिगले सेप्टेम्बर १२ शनिबार देखि शुरु हुँदै २०२१ को मे २३ मा सिजन सक्काउने पनि बताएको छ।

२०१९-२० को यो सिजन भने आउने आईतवार सकिदै छ। कोरोना भाईरसका कारण यो सिजन लामो समयसम्म रोकिन पुगेको थियो।

प्रिमियर लिगले फुटबल संघ र इंग्लिस फुटबल लिग  इफएलसँग सबै घरेलु प्रतिस्पर्धाको तालिका सम्बन्धमा परामर्श गर्न विज्ञाप्ति जारी राखेको छ।

प्रिमियर लिगले मिती सर्वजनिक गरे पनि खेल तालिका भने सार्वजनिक गर्न बाँकी रहेको छ।

Click to comment

Trending