IPL

आईपीएलको मिति सार्वजनिक

Published

on

१३ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आईपीएल) को मिति सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण मार्चको अन्त्यमा सुरु हुन पर्ने आईपीएल अब सरेर सेप्टेम्बर देखि नोभेम्बर सम्म आयोजना हुने भएको छ । त्यस्तै प्रतियोगिता दुबईमा आयोजना हुनेछ ।

भारतीय क्रिकेट बोर्डको जनाएको भन्दै अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार सेप्टेम्बर १९ शनिबारका दिन सुरु हुने आईपीएलको फाइनल खेल नोभेम्बर आठ आइतबार खेलाइने छ । कुल ५१ दिन सम्म संचालन हुने आईपीएलको खेल तालिका र मिति अर्को हफ्ता बस्ने आईपीएल गभर्निङ काउन्सिलको बैठकले पारित गर्नेछ ।

मात्र अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यसै बर्षको ट्वान्टी ट्वान्टी विश्वकप अर्को बर्षका लागि सारे पछि आईपीएलले पनि यसै बर्ष आयोजना गर्ने जनाएको हो ।

यस अघि सेप्टेम्बर २६ देखि नोभेम्बर सात तारिक सम्म आईपीएल आयोजना गर्ने सम्भावना रहेको भनिएता पनि भारतको अस्ट्रेलिया भ्रमणलाई मध्य नजर गर्दै एक हाप्त अघि सार्न लागिएको हो ।

Click to comment

Trending