IPL

आईपीएलका लागि विश्वकप रद्द गरिएको अख्तरको आरोप 

Published

on

पाकिस्तान क्रिकेट टोलीका पुर्व तिब्र गतिका बलर शोएब अख्तरले इण्डियन प्रिमिएर लिग (आईपीएल) आयोजना गर्नका लागि यसै बर्ष अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप रद्द गरिएको आरोप लगाएका छन् ।

अख्तरले आफ्नो सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै यस बिषयमा आफ्नो आक्रोस पोखेका हुन् । अख्तरले भने, ‘विश्वकप आयोजना गर्न सकिने थियो, तर मैलें पहिले पनि भनेको थिएँ कि विश्वकप हुँदैन । किन की आईपीएलको तालिका बिग्रन हुँदैन, विश्वकप जे सुकै होस् ।’ 

केहि दिन अघि मात्र अन्तरास्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२० र सन् २०२१ को ट्वान्टी ट्वान्टी विश्वकप एक एक बर्षका लागि पर सार्ने निर्णय गरेको थियो । आईसीसी अबको नयाँ तालिका अनुसार ट्वान्टी ट्वान्टी विश्वकप सन् २०२१ र सन् २०२२ मा तथा सन् २०२३ मा एकदिवसीय विश्वकप आयोजना गर्ने रहेको छ ।

भारतमा बढ्दो कोरोना भाइरसका कारण मार्चमा सुरु हुने भनिएको १३औं संस्करणको आईपीएल रद्द गरिएको थियो । त्यस्तै भारतीय क्रिकेट बोर्डले विश्वकप सर्ने केहि निधो नभईकनै सेप्टेम्बर – नोभेम्बरमा आईपीएल आयोजना गर्नका लागि तत्पर रहेको बिभिन्न समाचार माध्यमहरुले जनाउँदै आएका थिए । 

त्यस्तै आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपबारे औपचारिक निर्णय आउनु अघि नै आईपीएलका फ्राञ्चाइजहरुले युएईमा आईपिएलको तयारी शुरु गरिसकेका थिए ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) आईसिसिको निर्णयको पर्खाइमा रहदै १३ औं संस्करणको आईपिएलको मिति तय गर्ने तयारीमा रहेको छ तर फ्राञ्चाइजहरुले भने कुन होटलमा बस्ने र कसरी अभ्यासहरु गर्ने भन्दै युएईमै तयारी शुरु गरिसकेका थिए ।

स्मरण रहोस् आईपीएल रद्द भएको खण्डमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ४ हजार करोड भारतीय रुपैयाँ गुम्ने पनि जनाएको थियो । जसका लागि उसले विश्वकपलाई पाखा लगाएर आईपिएल गराउने भारतको दाउमा रहेको पनि समाचार बाहिरिएको थियो । 

Click to comment

Trending