Headline

फेरि बराबरीमा रोकियो इन्टर मिलान

Published

on

इन्टर मिलान इटालियन सिरी आ मा लगातार दुई खेलमा बराबरीमा रोकिएको छ । बुधबार भएको खेलमा इन्टर फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको छ ।

युभेन्टसका लागि चाहिएको परिणाम निक्लने क्रममा यसअघि पनि एट्लान्टा बराबरीमा रहेपछि ८ पटकको च्याम्यिन टोलीले अझै पनि ६ अंकको अग्रतालाई कायमै राखेको छ । बराबरीपछि इन्टर ७३ अंकसाथ दोश्रो स्थानमा रहेको छ भने एट्लान्टाको ७४ अंक रहेको छ । शिर्ष स्थानको युभेन्टसलाई अब बाकी चार खेलमा चार अंक नवौं उपाधिका लागि पर्याप्त हुनेछ ।

अर्को खेलमा एएस रोमाले रेलिगेसनमा परिसकेको स्पाललाई ६–१ को बिशाल अन्तरले हरायो । रोमाको जितमा ब्रुनो पेरेसले दुई गोल गरे भने निकोला कालिनिच, कार्लेस पेरेज, एलेक्जेण्डर कोलारोभ र निकोलो जानियोलोले १–१ गोल गरेका थिए ।

युरोपा लिगको दौडमा रहेको रोमा ६१ अंक साथ पाचौं स्थानमा स्थानमा रहेको छ भने एसि मिलानको ५९ र नापालीको ५६ अंक रहेको छ । अर्को एक महत्वपूर्ण खेलमा रेलिगेसनको खतरामा रहेको लेचेले ब्रेसियालाई ३–१ ले हरायो । लेचे अझै पनि रेलिगेसन जोनबाट बाहिर निक्सने सक्नेछ तर उसका लागि समान ३६ अंक रहेका युडिनेजी र जेनावाका खेलको परिणाम आफू अनुरुप निस्कनु पर्नेछ ।

२४ अंक रहेको ब्रेसिया पनि रेलिगेट भइसकेको छ । जेनावा साम्पडोरियासँग बुधबार २–१ ले पराजित भएको थियो । टोरिनो र भेरोनाले भने १–१ गोलको बराबरी खेलेका थिए ।

Click to comment

Trending