Headline

लिभरपुलले उचाल्यो ट्रफि, शिर्ष चारमा अझै प्रतिस्पर्धा

Published

on

इङ्गलिस प्रिमियर लिगको एक हाई स्कोरिङ्ग खेलमा लिभरपुलले चेल्सीलाई ५–३ ले हराउदै प्रिमियर लिगको ट्रफि उचालेको पललाई अझै रोमाञ्चक बनाएको छ ।

अवे खेलमा न्युक्यासल युनाइटेडसँग खेल्न बाँकी रहे पनि लिभरपुलले प्रिमियर लिग ट्रफी चेल्सीसँगको खेलपछि पाएको थियो । त एन्फिल्डमा त्यसअघि ८ गोल हुँदा अत्यन्तै रोमाञ्चक लिभरपुलको ट्रफि समारोहलाई रोमाञ्चक बनाउन थप मद्दत गरेको थियो ।

चेल्सीलाई हराउने क्रममा लिभरपुलका लागि नाबिल केइटा, ट्रेट एलेक्जेण्डर–आर्नोल्ड, जर्जिनियो वाइनाल्डम, रोबर्टो फर्मिन्हो र एलेक्स अक्सलेड च्यामबर्लिनले गोल गरेका थिए भने चेल्सीका लागि ओलिभर गिरुड, ट्यामी अब्राहम र क्रिस्चियन पुलिसिच गोल गरेका थिए ।

लिभरपुललाई २३ औँ मिनेटमा केइटाले गोल गर्दै अग्रता दिलाएका थिए । ३८ औ मिनेटमा चेल्सीका मटियो कोभाचिचले साडियो मानेलाई लडाएपछि पाएको फ्रिकिकलाई एलेक्जेण्डर–आर्नोल्डले जाली चुमाएका थिए । ितेस्रो गोल वाइनाल्डमले ४३ औँ मिनेटमा गरे ।

चेल्सीका लागि भने पहिलो हाफको अतिरिक्त समयमा गिरुडले एक गोल फर्काएका थिए । ५५ औँ मिनेटमा फर्मिन्होले अर्को गोल थप्दै ४–१ को अग्रता दिलाए । मार्च देखी एन्फिल्डमा गोल गर्न नसकेका फर्मिन्होले आफ्नो खडेरीलाई तोड्न सफल भएका थिए ।

च्याम्पियन्स लिगका लागि संघर्श गरिरहेको चेल्सीका लागि ६१ औँ मिनेटमा आब्रहमले गोल गरे । सब्स्टिच्युटमा आएका अब्राहमले पुलिसिचको पासमा गोल गरेका थिए । ७३ औँ मिनेटमा पुलिसिचले आफैले उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफमा चेल्सीले राम्रो प्रदर्शन गरे पनि खेल बराबरीमा भने ल्याउन सकेन ।

८४ औँ मिनेटमा अक्सलेड–च्यामबर्लिनले गोल गरेपछि चेल्सीको खेल बराबरी गर्दै च्याम्पियन्स लिगको लागि छनोट हुने सपना पुरा हुन सकेन ।

यस्तै म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामसँग १–१ को बाराबरी खेलेपछि शिर्ष चारमा अझै प्रतिस्पर्धा थपिएको छ । युनाइटेड र चेल्सी दुबै टोली ६३ अंकका साथ क्रमश तेस्रो र चौथोँ स्थानमा रहेका छन् । गोल अन्तरका आधारमा युनाइटेड माथि रहेको छ । शिर्ष चारका लागि म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी विरुद्ध हुने खेल निकै महत्वपूर्ण हुने छ ।

Click to comment

Trending