Headline

चतुरानन्द राजबैद्य ओलम्पिक कमिटीको कार्यकारी निर्देशक

Published

on

नेपाल ओलम्पिक कमिटीले चतुरानन्द बैद्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । चतुरानन्द कमिटीका उपाध्यक्ष पनि हुन् ।

बुधबार ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जिवन राम श्रेष्ठ र कोषाध्यक्ष रतन टण्डनले चतुरानन्दलाई नियुक्ति पत्र दिएका थिए । उनलाई कमिटीको सामान्य प्रशासन सञ्चालनका लागि नियुक्त गरिएको हो । ओलम्पिक कमिटीमा कार्यकारी निर्देशकको रुपमा यो पहिलो नियुक्ति हो ।

२०४६ सालमा सदस्यको रुपमा नेपाल टेबल टेनिस संघमा प्रवेश गरेका चतुरानन्द २०६३ मा अध्यक्ष नियुक्त भएका थिए । त्यसयता उनी अध्यक्ष पदमै कायम रहेका छन् । ओलम्पिक कमिटीमा चार बर्ष केन्द्रिय सदस्य रहेका उनी अघिल्लो बर्ष उपाध्यक्ष निर्वाचित भएका हुन् ।

चतुरानन्द नेपालको पहिलो एमबिए ब्याच हुन् । उनले २०४२ सालमा एमबिएको पढाई पुरा गरेका थिए । खेलाडीको रुपमा उनले लगातार तीन पटक राष्ट्रिय डबल्स जितेका थिए भने एक प्रतियोगितामा भने एक पटक तेश्रो भएका छन् ।

Click to comment

Trending