Headline

प्रिमियर लिगको अन्तिम दिन दुई टोली रेलिगेट हुने

Published

on

रहिम स्टर्लिङले दोश्रो ह्याट्रिक गर्न चुकेको दिन म्यानचेस्टर सिटीले इङ्गलिस प्रिमियर लिगमा वाट्फोर्डलाई ४–० ले हराएको छ ।

पराजयपछि एक चरणमात्र बाकी रहेको अवस्थामा वाट्फोर्डमाथि रेलिगेसनको खतरा थप बढेको छ । मङ्गलवार नै भएको अर्को खेलमा आर्सनललाई १–० ले स्तब्ध पार्दै एस्टन भिल्ला रेलिगेसन जोन बाहिर निक्लन सफल भएको छ । वाट्फोर्ड र भिल्लाको समान ३४ अंक रहेको छ भने भिल्ला गोल अन्तरको आधारमा १८ औं स्थानमा रहेको छ ।

रेलिगेसन जोनमै रहेको अर्को टोली बर्नमाउथको भने ३१ अंक रहेको छ । अन्तिम दिनको खेलमा भिल्ला, वाट्फोर्ड र बर्नमाउथमध्ये दुई टोली रेलिगेसनमा झर्ने लगभग पक्का छ । तर अर्को टोली वेष्टह्यामलाई भने अझै पनि सुरक्षित रहन आफ्नो अन्तिम दुई खेलबाट एक अंक बटुल्न आवश्यक रहेको छ ।

भिल्लाका लागि ट्रेजेगेले २७ औं मिनेटमा गोल गरेका थिए । आर्सनल ५३ अंक सहित १० औं स्थानमा रहेको छ ।

बुधबारकै खेलमा रहिम स्टर्लिङले पेनाल्टीमा गोल गर्न चुकेपछि सिटीले फराकिलो अन्तरको जित हात पार्यो । स्टर्लिङले दुई गोल गरे भने फिल फोडेन र एमेरिक लापोर्टेले पनि १–१ गोल गरेपछि सिटीले ६६ मिनेटमै वाट्फोर्डलाई ध्वस्त पारेको थियो ।

स्टर्लिङले यो प्रिमियर लिग सिजन १९ गोल गरेका छन् ।

Click to comment

Trending