Headline

अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण भदौ १ बाट

Published

on

लामो समय देखी कोरोना भाईरासले रोकिएको खेलकुदका प्रशिक्षणहरु भदौ १ बाट सुरु गर्न सरकारले अनुमती दिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने जानकारी दिएका थिए । सरकारले कोरोना सर्न सक्ने क्षेत्र जस्त्ै स्विमिङ पुल, जिमखाना र अन्य खेलकुद भने अर्को निर्णय नलिये सम्म बन्द रहने जनाएको छ।

सरकारको निर्णयसँगै ओलम्पिकका लागि तयारी गरिरहेका खेलाडी र राष्ट्रिय क्रिकेट खेलाडीहरुले पनि भदौ १ बाट प्रशिक्षण सुरु गर्न पाउने भएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएसँगै लकडाउनको १ सय २० दिन नै खेलकुद पूर्ण रुपमा ठप्प हुदै आएको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता पनि केही समयका लागि अन्यौलमै रहनेछ ।

सबै देशमा १४ दिने क्वारेन्टिनमा बस्नै पर्ने प्रावधान रहेका कारण पनि नेपालले हाल न अन्तर्राष्ट्रिय टोलीलाई बोलाउन सक्नेछ न आफै पनि सहभागिता जनाउन सकिरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका आईसिसि क्रिकेट बिश्वकप लिग टुका खेलहरु स्थगित भइसकेका छन् ।

नेपालले नोभेम्बरमा कतार बिश्वकप २०२२ र एसिया कप २०२३ को छनोट खेलका लागि नोभेम्बरदेखि अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्ने घरेलु खेलहरु नै कोरोनापछि नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय खेलहरु हुन सक्नेछ ।

Click to comment

Trending