IPL

आईपीएल दुबईमा हुने पक्का 

Published

on

सन् २०२० को इण्डियन प्रिमिएर लिग (आईपीएल) दुबईमा हुने पक्का भएको छ । 
 
आईपीएलका गभर्निङ काउन्सिलका अध्यक्ष ब्रिजेस पटेलले भारतमा बढ्दो कोरोना भाइरसका कारण भारतमा खेलाउन सम्भब नहुने भए पछि दुबईमा गराउन लागिएको जनाएका छन् । दुबई गरिने पक्का पक्की भए पनि यसको अधिकारिक जानकारी केहि दिनमा गरिने पनि पटेलले बताए ।
 
हिजो मात्र अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यसै बर्षको ट्वान्टी ट्वान्टी विश्वकप अर्को बर्षका लागि सारे पछि आईपीएलले पनि यसै बर्ष आयोजना गर्ने जनाएको हो । यस बर्षको आईपीएल सेप्टेम्बर २६ देखि नोभेम्बर सात तारिक सम्म आयोजना हुने सम्भावना रहेको छ ।   
 
यस अघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपबारे औपचारिक निर्णय आउनु अघि नै इण्डियन प्रिमियर लिगका फ्राञ्चाइजहरुले युएईमा आईपिएलको तयारी शुरु गरिसकेको समाचार सार्वजनिक भएको थियो । 
 
आईपिएल नगरे चरम आर्थिक संकट उत्कपन्न हुने खतरालाई मध्येनजर गर्दै बिसिसिआईले पाकिस्तान क्रिकेट बोर्डसँग एसिया कप, अष्ट्रेलियासँग दुई देशीय श्रृंखलासँगै अन्य थुपै्र अनौपचारिक सहमतिहरु गरिसकेको मिडियाहरुले बताउदै आएका छन् ।

Click to comment

Trending