Headline

बेकह्यामको मायामी एमएलसबाट बाहिरियो

Published

on

इङ्गल्याण्ड लिजेण्ड डेभिड बेकह्यामको इन्टर मायामी अमेरिकाको प्रथम श्रेणीको फुटबल मेजर लिग सकरबाट बाहिरिने टोली बनेको छ ।

सोमबारको खेलमा बेकह्यामको मायामी न्युयोर्क सिटी एफसीसँग १–० ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो । न्युयोर्कका लागि लिब्यन खेलाडी इस्माइल ताजुरी–स्रादीले निर्णायक गोल गरेका थिए । जिटपछि न्युयोर्कले नकआउट चरणमा प्रवेश गर्ने आशालाई भने कायमै राखेको छ ।

हुवा अगुडेलोले रेड कार्ड खादै मैदान बाहिरिएपछि मायामीको यो सिजन राम्रो तरिकाले समाप्त हुन सकेन । आफ्नो पहिलो सिजन खेलेको मायामीले पहिलो पाँच वटै खेलमा हार बेहार्न पुग्यो । कहिले काही बाटो एकदम गाह्रो हुन्छ र हामीले राहतको सास फेर्नु पर्छ । म्यानचेस्टर युनाईटेड, रियल म्याड्रिड, ला लिगा वा इङ्गलिस प्रिमियर लिग एकै दिनमा बनेको होइन, बेकह्यामले बने ।

बेकह्यामले मायामीमा बिश्वस्तरकै खेलाडीहरु ल्याउने इच्छा रहेको बताउदै आएका छन् । उनले वर्तमान फुटबलका दुई सुपरस्टार क्रिष्चियानो रोनाल्डो र लियोनल मेस्सीलाई एकै क्लबबाट खेलाउने इच्छा रहेको पनि बताएका छन् ।

Click to comment

Trending