Headline

६४ बर्षको इतिहासमा पहिलो पटक बालोन डी’ओर रद्द 

Published

on

प्रतिष्ठित फुटबल अवार्ड बालोन डी’ओर, यस पटक प्रदान नगरिने भएको छ । १९५६ देखि शुरु गरिएको बिश्वकै प्रतिष्ठित खेलकुद अवार्ड ६४ बर्षको इतिहासमा पहिलो पटक रद्द भएको हो ।

चाहिए अनुरुपको अवस्था नरहेको भन्दै फ्रान्स फुटबलले अवार्ड रद्द गरिएको जनाएको छ । गर्विलो इतिहास रहेको अवार्डका लागि हालको परिस्थिति नसुहाउदो छ, एक बिज्ञप्तिमा भनिएको छ । “कोभिड–१९ संकटको समय बाडिएको अवार्ड भन्दै हामी त्यसमा नमेटिने दाग लगाउन चाहदैनौं । अवार्डको बिश्वसनीयतालाई बचाइ राख्दा यसलाई हामीले त्रुटिबिहिन राख्न चाहन्छौ ।”

शुरुमा युरोपियन बर्ष फुटबलरको रुपमा बाडिन थालिएको अवार्डको पहिलो बिजेता इङ्गल्याण्डका म्याथ्यु स्ट्यान्ली हुन् । सन् १९९५ सम्म यो अवार्डबाट युरोपियन खेलाडीहरुलाई मात्र दिइन्थ्यो भने २००६ सम्म युरोपको क्लबमा खेल्ने कुनै पनि देशका खेलाडीलाई दिइन थालियो । त्यसपछि २००७ देखि यसलाई संसार भरिकै खेलाडीका लागि खुला गरिएको थियो ।

बालोन डी’ओर अवार्ड अर्जेन्टिना र बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सर्वाधिक ६ पटक तथा पोर्चुगल र युभेन्टसका क्रिस्टियानो रोनाल्डोले पाँच पटक जितेका छन् । मेस्सीले सन् २०१९ को बालोन डी’ओर जितेका जित्दै सर्वाधिक बालोन डी’ओर जीत्ने खेलाडी बनेका थिए ।

Click to comment

Trending