Headline

रोमासँग रोकिएपछि इन्टर युभेन्टसमाथि दवाब बनाउन चुक्यो

Published

on

एएस रोमासँग २–२ गोलको बराबरीमा रोकिएपछि इन्टर मिलानले इटालियन सिराी आ को उपाधि पछ्याइरहेको युभेन्टसमाथि राम्रो दवाब दिने मौका गुमाएको छ ।

खेलमा जित हात पारेको खण्डमा इन्टरले शिर्ष स्थानमा रहेको युभेन्टससँगको दुरी तीन अंकमा झार्ने थियो तर त्रिष्चियानो रोनाल्डोको टोलीसँग पाँच अंकले पछि परेको छ । पछिल्लो केही खेलमा प्रदर्शन खस्किदै गएको युभेन्टसले सोमबार राति हुने खेलमा अर्को बलियो टोली लाजियोको सामना गरिरहेको छ ।

युभेन्टसमात्रै शिर्ष स्थानमा ७७ अंकसहति स्पष्ट अग्रताका साथ अघि रहेको छ । इन्टरको ७२ अंक छ भने एट्लान्टाको ७१ र लाजियोको ६९ अंक छ । युभेन्टस र लाजियोले एक खेल कम खेलेका छन् । सोमबारको खेलमा जित हात पारेको खण्डमा लाजियो मात्र चार चरणको खेल बाकी रहदा दोश्रो स्थानमा उक्लने छ । युभेन्टसले जितेमा उ ८ अंकको फरकिलो अग्रताका साथ लगातार नवौं उपाधिका लागि अग्रसर हुनेछ ।

आइतबारको अवे खेलमा इन्टर स्टेफन डि भ्रिजको गोल मार्फत १५ मिनेटमै अग्रता लिन सफल भएको थियो । दोश्रो हाफको शुरुवातमा लियोनार्डो स्पिनाज्जोला र हेन्रिक मिखितार्यानले १२ मिनेटमा दुई गोल गर्दा इन्टर पछि परेको थियो । ८८ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गरेपछि इन्टरले राहतको साँस फेरेको थियो ।

उपाधि दौडबाट बाहिरिसकेको रोमा ५८ अंकका साथ पाचौं स्थानमा रहेको छ । च्याम्पियन्स लिगका लागि पनि झिनो आशामात्र बाकी रहेको रोमाले अब युरोपा लिगको दौडमा कायम राख्न कसरत गर्नेछ ।

रामोलाई युरोपा लिग छनोटमा प्रतिस्पर्धा दिनका लागि नोपाली (५६) र एसि मिलान (५६) रहेका छन् । नापोलीले आइतबारको खेलमा युडिनेजीलाई २–१ ले हरायो । सिरी आ बाट स्पाल ब्रेसियासँग २–१ ले पराजित भएपछि रेलिगेट भएको छ भने ब्रेसिया आफैलाई रेलिगेसनको खतरा रहेको छ ।

अर्को रेलिगेसनको टोली लेचेलाई २–१ ले हराउदै जेनोआल ३३ अंक साथ १७ औं स्थानमा रहेको छ । लेचेको २९ र जेनोआको ३३ अंक रहेको छ भने ब्रेसियाको २४ अंक भएको छ ।

Click to comment

Trending