Headline

म्यानचेस्टर युनाइटेडलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

Published

on

म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराउदै चेल्सी १४ औँ पटक एफए कपको फाइनलमा प्रवेश गरेको छ। चेल्सीले फाइनल अगस्ट १ तारिखमा आफ्नो घरेलु लन्डन क्लब आर्सनलसँग खेल्ने छ।

सेमिफाइनलमा युनाइटेडलाई हराउने क्रममा चेल्सीका लागि ओलिभर जिरुड, मेसन माउन्ट र युनाइटेडका ह्यारी मग्वायरले आफ्नै पोस्टमा अत्मघाती गोल गरे भने बिपक्षी टोली चेल्सीको पोस्टमा ब्रुनो फर्नानडेजले पेनाल्टी मार्फत गोल गरेका थिए।

जिरुडले पहिलो हाफमा थपिएको अतिरिक्त समयमा गोल गरेका थिए। पहिलो हाफको अन्तिम समयमा युनाइटेडका एरिक बेलीलाई टाउकोमा चोट लागेपछि लामो समय लम्बिएको हाफको अतिरिक्त समयमा जिरुडले चेल्सीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको एक मिनेट पछि नै अग्रतालाई दोब्बर बनाउने क्रममा माउन्टले गोल गरेका थिए। मिड्फिल्डमा रहेका ब्रुनो, पल पोग्बा र फर्वार्ड लाइनमा रहेका मार्कस रासफर्डलाई उत्कृष्ट राणनितिक हिसाबले रोकेको चेल्सीका लागि तेस्रो गोल भने ७४ औँ मिनेटमा युनाइटेडकै कप्तान मग्वायरले गरिदिए।

युनाइटेडका लागि ८५ औँ मिनेटमा फर्नान्डेजले पेनाल्टी मार्फत गोल गर्दै खेल ३-१ को स्थितीमा पुराएका थिए।

सिजन भरी चेल्सीले युनाइटेडविरुद्ध खेलेको यो चौथोँ पटक हो। पहिलेका तिनै खेलमा चेल्सीलाई पराजित  गरेको युनाइटेड यो पटक भने  चेल्सीका व्यवस्थापक फ्रान्क लामपार्डले गरेको राणनितिक परिवर्तनसँग माथ खान पुग्यो।

Click to comment

Trending